News 24 Television
७ कक्षादेखि कि प्रेमीकाको एकपलमै ह८त्या ! आफैमाथि आगो !

रौतहट । गत शनिबार रौतहटमा सुटकेशभित्र एक महिलाको शव फेला परेसँगै यस घटनाले अनेक रुप लिन थालेको थियो । अन्ततः हत्या गरेको स्वीकार गरेका व्यक्तिको नै मृत्यु भएको छ । गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवलवा रोडनजिकै शनिबार राति करिब साढे १० बजे फेला परेको सुटकेश आइतबार बिहान खोलेर हेर्दा ३० वर्षिया रुबी देबी साहको शव भेटिएको थियो । 

अनुसन्धानको गति अघि बढ्दै गर्दा अन्तत उनकै प्रेमी लक्ष्मण पासवानले हत्या गरेको दाबीसहित प्रहरीले अनुसन्धानको सुई सोझ्याएको थियो । अहिले अभियुक्तको नै मृत्यु भएको छ । 

रौतहटमा ३० वर्षिया रुवी देवी साहको हत्याको घटनाले यतिबेला तरंग पैदा गरिदियो । त्यसमाथि फेरि अहिले हत्या जसले गरेका हुन् भनिएको थियो, उनको नै मृत्यु भयो । हत्या आफुले गरेको स्वीकारेका लक्ष्मण पासवानले आफैलाई समेत आगो लगाएर जलाएका थिए । उनको उद्दार गरि उपचारमा लागेको थियो, प्रहरी । तर, उनको समेत मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनाको परिदृष्य र हत्या अभियुक्तको मृत्यु अघिको स्वीकारोक्ति

गएको शनिबार राति बीच सडकमा  स्थानीयले शंकास्पद अवस्थामा देखिएको सुटकेशबारे प्रहरीलाई खबर गरे । डोरीले बाँधिएको अवस्थामा भेटिएको सुटकेशमा बम हुनसक्ने प्रहरीले शंका गरेको थियो । प्रहरीले रातभर घटनास्थललाई सिल गरेर सुरक्षा दियो । आइतबार बिहान सुटकेश खोलेर हेर्दा त रातो कपडा लगाएकी ३० वर्षीया रुबिदेवी साह भएको शव भेटियो । 

शव भेटिएको स्थान नेपाल–भारत सीमा नजिकै पर्छ । रौतहटको माधवनारायण–६ की रुबीदेवीको विवाह भारतको बिहार मुजफ्फरपुर जिल्ला रक्साटोलमा भएको थियो । चार वर्षको छोरालाई स्कूल जाने बानी लगाउन भन्दै उनी माइती आएकी थिइन । गौर–२ महादेवपट्टीमा डेरा गरेर उनी छोरालाई स्कूल जान बानी लगाइरहेकी थिइन । 

यही क्रम चल्दै गर्दा साहका प्रेमी लक्ष्मण पासवानले साहको हत्या गरेपछि लास सुटकेसमा हालेर गौरको कवीरचोकबाट ५ सय रुपैयाँमा अटोरिक्सा भाडामा लिएर व्यवस्थापन गर्न हिँडेका थिए । तर, बरहवा पुलपारी पुगेपछि अटोरिक्सा बाटैमा बिग्रिएपछि उनी पैदल अगाडि बढेका थिए। सुटकेस भारी भएको र कसैले देख्ने डरले पासवानले सुटकेस बाटोमै छाडेर भागेको प्रहरीको अनुमान छ । रिक्साचालक राजकुमार महरा अहिले प्रहरीको नियन्त्रणमा छन् । प्रहरीले हत्यामा संलग्न आशंका गरेका व्यक्तिको रुपमा पासवानलाई खोजी गरिरहेको थियो । 

घटना घटेकै दिनदेखि फरार पासवानलाई स्थानीयले मंगलबार बिहान जलेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरियो । प्रहरीले तुरुन्तै उनको उद्धार गरेर गरुडा स्थित एक निजी अस्पतालमा पुर्याएको थियो । उनको त्यहाँ उपचार सम्भव नभएपछि किर्तिपुर स्थित वर्न सेन्टरमा सुरक्षाकर्मीको निगरानीमा उपचार भइरहेको थियो । उनको शरिरको करिब ३५ प्रतिशत् भाग जलेको थियो । उनीमाथि अनुसन्धान भइरहँदा बुधबार साँझ अभियुक्त पासवानको समेत मृत्यु भएको छ । 

७ कक्षादेखिको लभ अन्ततः मृत्युको श्रङ्गखला

पासवान गौर नगरपालिका वडा नम्बर ५ बालमन्दिर पछाडि डेरा गरेर बस्ने गरेका थिए । उनी करिब ३ साता अगाडि मलेसियाबाट फर्किएका हुन्  । मृतक साहको माइतीगाउँ र पासवान घर एकै ठाउँमै पर्छ । पासवान मलेसियाबाट फर्किएपछि आफ्नो घर नगएर गौरमा डेरा गरेर बसेका थिए।

पासवानको डेरामा मृतक साहको चप्पल फेला परेको र सो चप्पल साहकै रहेको उनकी आमाले पुष्टि गरेकी छिन् । पासवानले कुमारी ज्योति नामको फेसबुक आइडीबाट सार्वजनि गरेको एक भिडियोमा साह र पासवान कक्षा ७ पढ्दैदेखि प्रेम सम्बन्धमा रहेका थिए । उनीहरुले कक्षा १० मा पढ्दा भागेर बिहे गरेका थिए । तर, आफु गरिब भएका कारण साहको परिवारले आफुहरुको बिहे छुटाइदिएको पासवानको आरोप छ ।

पासवानले रुबीको हत्याको प्रमुख कारण रुबी साहकी आमा भएको आरोप लगाएका छन् । भिडियोमा रुबीको आमाले रुबीलाई पैसाको लागि परपुरुषसँग सम्बन्ध बनाउन लगाउने गरेकोसम्म आरोप लगाएका छन् । 

रुबी आफ्नी आमाको व्यवहारका कारण धेरै चिन्तामा रहने गरेको र आफूसँग आएर दुखेसो गर्ने गरेको पासवानको भनाइ छ । हत्या गरेको दिन रुबी आफूलाई भेट्न आएको बताउँदै त्यो दिन पनि निकै दुःखी रहेको उल्लेख गरेका छन् । उसले नै आफुलाई मार्न भनेको पासवानको दावी छ । भिडियोमा उनले रुबीलाई कसरी मारेको भन्ने नखुलाएपनि प्रहरीसँगको बयानमा भने घाँटी थिचेर मारेको बताएका छन् ।

अहिले हत्याका मुख्य अभियुक्तका रुपमा हेरिएका पासवानको मृत्यु भइसकेको भएपनि हत्याको सम्भावित अन्य कारणहरु र अन्यको संलग्नता समेत हुनसक्ने प्रहरीको अनुमान रहेकाले अनुसन्धान जारी छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update