
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अनियन्त्रित मनहरुलाई नियन्त्रित र एकीकृत गर्न सत्सँगले सहयोग पुग्ने बताएका छन् । मध्यबानेश्वरमा नवनिर्मित कबीर सत्संग आश्रमको भवन उद्घाटन गर्दै उनले मानिसलाई सही मार्गमा हिँडाउन सत्संगको महत्वपूर्ण भूमिका रहने बताए । उपप्रधानमन्त्री सिंहले धर्म, सतसंगमा लाग्नेहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
‘अनियन्त्रित मनहरुलाई नियन्त्रित र एकीकृत गर्ने माध्यम सत्संग हो । धर्म,सत्कर्ममा लाग्नेहरुलाई प्रोत्साहन गर्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘समाजमा मिलेर बस्ने वातावरण बनाउन परोक्ष रुपमा सत्संगले मद्धत गर्छ । आश्रमले अझ धेरैलाई सत्मार्गमा हिँड्न हिँड्न प्रेरित गरोस् ।’
अहिले मानिसहरुको जीवनशैली तनावपूर्ण अवस्थामा रहेकोले मानिसहरुलाई सत्विचारमा हिँडाउन र जीवनको लक्ष्य पहिचान गर्ने क्षमता विकास गराउन धार्मिक, आध्यात्मिक संस्थाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै ती संस्थाहरलाई प्रवद्र्धन गर्नुपर्ने सिंहको भनाई छ ।