
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छन् । सिंगो पार्टी पंक्तिलाई परिचालन गरेर अघि बढ्यो भने एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने उनको जिकिर थियो । शुक्रवार ललितपुरको गोदावरीस्थित सनराईज हलमा एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले सो निर्वाचनमा पार्टी सरकारमा नै हुने भएकाले धाँधली हुन नदिने समेत बताए ।
सरकारमा रहेकाले एमालेले निर्वाचनमा धाँधली हुन नदिने र बहुमत ल्याउने प्रधानमन्त्री ओलीको दाबी छ । सोही निर्वाचनमा बहुमत ल्याउने पार्टीको संकल्पअनुसार अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन उनले निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले पार्टीले आगामी निर्वाचनमा एकल बहुमत ल्याउनका लागि नै मिसन २०८४ लाई गम्भिरताका साथ अघि बढाएको पनि दोहो¥याए ।