News 24 Television
कर्मचारीको आचरण–व्यवहार सुधारको अपेक्षा कति जायज ?

काठमाडौं । आइतबार निजामति कर्मचारी सेवा दिवस मनाइएको छ । काठमाडौंसहित देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइरहँदा कर्मचारीतन्त्र र वर्तमान अवस्थाबारे के छ त आम सर्वसाधारणको बुझाई  ?

निजामति कर्मचारी सेवा दिवस देशभर मनाइरहँदा आम आम नागरिक भने उनीहरुको कार्यशैली र आचरणमा सुधारको आवश्यकता औल्याइ रहेका छन् । नेपालमा निजामति कर्मचारीहरुका कारण काममा ढिलासुस्ती हुने गरेको गुनासो आम नागरिकको छ । आम नागरिकको बुझाईमा सहज सेवा अझै पनि पुग्न र निजामति प्रशासनले दिन सकेको छैन । 

स्थायी सरकारको रुपमा रहेको निजामति प्रशासनको लापरवाही र हेलचेक्राईंका कारण आम सर्वसाधारणहरु प्रतिदिन आफ्ना समस्याहरु थाँती राख्न बाध्य छन् । 

नेपालको निजामती सेवामा राजनैतिक हस्तक्षेप बढी रहेको र त्यसको प्रभावका कारण समयमै काम सम्पन्न नहुने, कर्मचारीहरुले लापरवाही गर्ने गरेको गुनासो सतहमै छ । कर्मचारीमा जवाफदेहीताको कमी र गैरजिम्मेवारीपन बढी भएको सेवाग्राहीको गुनासोतर्फ राज्य र कर्मचारी संयन्त्र जिम्मेवार बन्नु आवश्यक छ । 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update