News 24 Television
सिंहदरबारमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन

काठमाडौं । जेन जी पुस्ताले गरेको आन्दोलनका क्रममा सिंहदरबारमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौं, सरकारी वकीलको कार्यालय, वैद्य खाना, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदरबारभित्र रहेका मन्त्रालयहरु राष्ट्रपति भवन शितल निवास, संसद भवन लगायतका सरकारी सम्पतीहरु जलेर ध्वस्त भएका छन् । 

सडकको बीच बीचमा सवारी साधनहरु जलाएर छोडेको देख्न सकिन्छ । प्रदर्शनकारीहरुले गरेको आगजनी र तोडफोडबाट काठमाडौंका सरकारी निकायहरु ध्वस्त भएका छन् । 

सडकमा ढुंगा, इँट्टा, सिसाका टुक्राहरु यत्रतत्र देख्न सकिन्छ । सडकमा सैनिकले कफ्र्यु लागेको भन्दै मानिसहरुलाई घर बाहिर ननिस्किन आग्रह गरिरहेको छ भने खुलेका होटm चिया पसलहरु बन्द गराउन लगाएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update