News 24 Television
धकेलियो अन्तरिम सरकार प्रमुखको नियुक्ती प्रक्रिया

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियामा ढिलाइ भएको छ । राष्ट्रपति निवासमा आज बिहान ९ बजेका लागि तय भएको छलफल कार्यक्रम केही घण्टाका लागि सरेको छ । स्रोतका अनुसार अब अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्नेछ ।

राष्ट्रपतिले बिहीबार राति सेनाप्रमुखसहित प्रस्तावित प्रधानमन्त्री सुशीला कार्की तथा जेनजी प्रतिनिधिहरुसँग घनीभूत छलफल गरेका थिए । तर संविधान र संसदको विषयमा के गर्ने ? भन्नेबारेमा सहमति जुट्न सकेको छैन ।

अब सबै पक्षले आन्तरिक छलफल गर्ने भन्दै बैठक समय धकेलिएको हो । सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री प्रस्ताव गरिएपनि संविधानले भने संसदको सदस्य नभएको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्न कल्पना गरेको छैन। 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update