News 24 Television
बीमा कम्पनीहरु एकैपटक प्रेसरमा ! पैसा माग्नेको घुँइचो !

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा जनधनको ठूलो क्षति भएपछि बीमा कम्पनीमा मागदाबी पर्ने क्रम उच्च देखिएको छ । एकै पटक बीमा मागको यो ग्राफले बीमा कम्पनीहरु दबाबमा परेका छन् । 

जेन–जी आन्दोलनले मुलुकभर पारेको क्षतिको प्रभाव विस्तारै अर्थतन्त्रका पक्षहरुतर्फ देखिन थालेको छ । आगलागी र तोडफोडमा परि अर्बौंका संरचनादेखि सवारी साधन ध्वस्त भएसँगै बीमा कम्पनीहरु दबाबमा पर्न थालेका छन् । बीमा कम्पनीमा मागदाबी गर्ने क्रम उच्च हुँदै गएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । 

बीमा दाबीको ग्राफ

-  जेन–जी आन्दोलनपछि हालसम्म विभिन्न निर्जीवन बीमा कम्पनीहरूमा १ हजार ९८४ वटा दाबी परेको, जसको दाबी रकम करिब २० अर्ब ७० करोड रुपैयाँ भन्दा बढी 

-   बीमा कम्पनीमध्ये सबैभन्दा बढी दाबी दि. ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा परेको 

-   दि. ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा ४० वटा दाबी दर्ता भई दाबी रकम करिब ५ अर्ब १४ करोड रुपैयाँ पुगेको 

-   दोस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडमा परेको छ । जसमा २ सय ५८ दाबी दर्ता भई करिव ४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । 

-   शिखर इन्स्योरेन्समा २६६ दाबी भई २ अर्ब ३९ करोड रुपैयाँ दाबी भएको छ भने आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा दाबी बापत एक अर्ब ५९ करोड ६ लाख रुपैयाँ पुगेको छ । 

-  सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २३३ वटा दाबी बापत एक अर्ब ४७ करोड ५५ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ वटा दाबी बापत एक अर्ब १५ करोड ६२ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा ४० वटा दाबी बापत एक अर्ब नौ करोड ५३ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेको छ ।

-   सानिमा जीआईसी इन्स्योरेन्समा १२९ वटा दाबी वापत ७८ करोड ९३ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा १७२ वटा दाबी वापत ४९ करोड ५१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा १७० वटा दाबी वापत ४८ करोड ५१ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेको 

-  नेपाल इन्स्योरेन्समा ७९ वटा दाबी वापत ४६ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा १५१ वटा दाबी वापत ३८ करोड ५८ लाख रुपैयाँ, प्रभु इन्स्योेरेन्समा ६९ वटा दाबी वापत १९ करोड १८ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्समा १९ वटा दाबी वापत ६ करोड ८२ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दाबी

-   प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा नौ वटा दाबी वापत एक करोड १३ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्समा ६ वटा दाबी वापत ६७ लाख रुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्समा १५ वटा दाबी वापत ५६ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्समा ८ वटा दाबी वापत ४२ लाख रुपैयाँको बीमा दाबी परेको छ ।

जेनजी आन्दोलनका कारण ठूलो क्षति भएको छ । संसद भवनदेखि सरकारी कार्यालय, व्यपारिक घरनाहरु ध्वस्त हुँदा खबौँको क्षति भएको थियो । यतिमात्रै होइन, देशभरका प्राय सरकारी कार्यालयहरुमा क्षति पुगेको छ । अहिलेसम्मको बीमा दाबी आकलन हेर्दा ३५ अर्बसम्म दाबी पर्न सक्ने अधिकारीहरुको आकलन गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update