News 24 Television
प्रहरीलाई हिलटेकको २ हजारभन्दा बढि पानीट्यांकी र ट्राफिक कोन

काठमाडौं । गत भदौं २३ र २४ गते जेनजी आन्दोलनका क्रममा क्षति पुगेका प्रहरी चौकी र बिटहरुको पुन निर्माणकालागि हिलटेक समुहले १ सय ८ थान हजार लिटरका पानी ट्याङ्की र ५ सय थान ट्राफिक कोन उपलब्ध गरउने भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत हिलटेक समुहले ती सामाग्रीहरु सहयोग स्वरुप उपलब्ध गराउने भएको हो । 

नेपालमा तीन दशकदेखि पानी ट्याङ्की तथा पाइपहरु उत्पादन गर्दै आएको समुह हिलटेक समुहले जेनजी आन्दोलनका क्रममा क्षती पुगेका प्रहरी चौकीका लागि १ सय ८ थान १ हजार लिटरका पानी ट्याङ्की र ५ सय थान ट्राफिक कोन उपलब्ध गराउने भएको हो । बिहिबार नेपाल सरकारका मुख्यसचिव एक नारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गालाई भेटेर समूहका अध्यक्ष कमल जैनले उक्त सहयोग सामाग्री प्रदान गर्ने प्रतिबद्धता जनाएका हुन् । । 

आन्दोलनका क्रममा नेपालका धेरै भौतिक संरचनामा क्षती भएकाले निजि र सरकारी क्षेत्रको समन्वयमा ति संरचनाको पुर्ननिर्माण गर्नु पर्ने बाध्यता रहेको मुख्य सचिव एकनारायण अर्यालको भनाइ छ । उनले निजि क्षेत्रलाई पुननिर्माणमा सहयोग गर्न अपिल समेत गरेका छन् । 

जेनजी प्रदर्शनका क्रममा नेपाल भर कति रकम बराबरको भौतिक संरचना ध्वस्त भए भन्ने अझै आधिकारीक तथ्यांक बाहिर आई सकेको छैन । आन्दोलनमा सरकारी कार्यालयदेखि ब्यवसायी महल र उद्योगहरुमा समेत तोडफोड र आगजनी भएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update