News 24 Television
कास्कीमा संविधान दिवस भव्य ! झण्डात्तोलनसम्मले थप्यो उल्ला

काठमाडौं । देशभर विभिन्न कार्यक्रम गरी उल्लासका साथ संविधान दिवस मनाइएको छ । प्रदेश सरकार, स्थानीय निकाय, संघसस्था, नागरिक समाजको सक्रियतामा विशेष कार्यक्रमसहित मनाएका हुन् । 

असोज ३ गते, अर्थात संविधान दिवस । नेपालको संविधान जारी भएको दिनलाई संविधान दिवसका रुपमा देशभर उल्लासका साथ उल्लासका साथ संविधान दिवस मनाइएको हो ।  

संविधान तथा राष्ट्रिय दिवसको अवसरमा विराटनगरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मत कुमार कार्र्कीले हालैको जेनजी आन्दोलनको भावना र चाहनाअनुसार संविधान संशोधनमार्फत देखिएका समस्याको समाधान खोज्न सकिने धारणा राखे । 

मुख्यमन्त्री कार्र्कीले युवाहरूले उठाएको भ्रष्टाचार अन्त्य र सुशासनको मागलाई उचित र सान्दर्भिक बताउँदै प्रदेश सरकार संविधानको पालना, कानुनीशासन र पारदर्शिता कायम गर्न कटिबद्ध रहेको स्पष्ट पारे ।

उता गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, विभिन्न राजनीतिक पार्टी तथा संघसंस्थाहरुले शुक्रबार पोखरामा संविधान दिवस विशेष रुपमा मनाए । यता, गण्डकी प्रदेश सरकारले समारोह आयोजनाका लागि मुल समारोह नै गठन गरि राम्रो व्यवस्थापन सहित संविधान दिवस मनायो ।

समारोहलाई सम्वोधन गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पछिल्लो आन्दोलनको घटनाक्रमले निम्त्याएको अप्ठेरो परिस्थितिलाई मध्यनजर गर्दै प्रदेश सरकारको कामलाई अगाडी बढाइएको बताए ।

पोखरा महानगरपालिकाले भने पोखरा ९ महेन्द्रपुल नजिक रहेको अन्तर्राष्ट्रिय झण्डापार्कमा झन्डोत्तोलन गरि संविधान दिवस मनाएको छ । पार्कमा संयुक्त राष्ट्रसङ्घमा आबद्ध १ सय ९५ देशका झन्डासँगै पोखरा महानगरपालिका, लायन्स क्लब र एनआरएनएको गरी १ सय ९८ वटा झन्डा छन् ।  

२०८० फागुन ७ गते प्रजातन्त्र दिवसका दिन ७० लाख रुपैयाँ लागतमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण भएको थियो, तर भदौ २४ गते जेनजी आन्दोलनमा आन्दोलनकारीले सबै झण्डा निकालिदिएका थिए । संविधान दिवसकै अवसर पारेर गरिएको झण्डोत्तोलन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले नेपालीको बलिदानले ल्याएको नेपालको संविधानलाई पछिल्लो समय विभिन्न बाहनामा धावा बोलिएको हुँदा जोगाउन लाग्नुपर्ने बताए ।

यस्तै स्याङजामा संविधान दिवशका दिन नागरिक समाज सहित चार दलले संयुतm ¥याली निकालेका छन् । विगतको बर्षहरुमा आ–आफ्नो ढंगबाट संविधान दिवस मनाएका पार्टीले यो बर्षभने संविधान नै खतरामा रहेको संज्ञा दिदै संविधान रक्षाको निम्ति पार्टीहरु एक छन् भन्ने सन्देश दिने उदेश्यले संयुक्त ¥यालीको आयोजना गरिएको हो । 

-यालीको कोण सभामालाई सम्बोधन गर्दै चार दलका जिल्ला अध्यक्षहरुले बर्तमान संविधान संकटमा पर्न सक्ने अवस्था रहेको बताउदै संविधानको रक्षार्थको निम्ति आम नागरिक एक हुनु पर्ने बेला आएको भाव प्रकट गरेका थिए ।

चार दलले आयोजनामा गरिएको संविधान दिवसको ¥यालीमा राप्रपा,रास्वपा,जनमोर्चाले भने सहभागीता जनाएका छैनन् । लुम्बिनी प्रदेश सरकारले पनि भव्यताका साथ संविधान दिवस मनाएको छ । 

समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको सोच र चाहनाअनुरूप कार्यशैलीमा परिवर्तन गर्दै सबैको विश्वास जितेर अघि बढ्नु आजको आवश्यकता भएको बताए । 

कार्यक्रममा सभामुख तुलाराम घर्ति मगरले नेपालको संविधान अब्बल संविधान भएको दावि गर्दै संविधानभित्र बसेर युवा पुस्ताको सोचलाई सम्बोधन गर्न सकिने बताए ।  

संविधानलाई अझ माटो सुहाउने गरी परिमार्जन गरेर सबैका भावनालाई समेट्न आवश्यक रहेको सरोकारवालाको भनाइ छ । समाजलाई दिशा देखाउन सक्ने क्षमता संविधानले राख्ने र राजनीतिक अस्थिरताको अन्त्यका लागि शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आवश्यक सुधार ल्याउनुपर्ने उनीहरुको धारणा  छ  ।  

कार्यक्रममा प्रदेश सभाका बिषयगत समितिका सभापति, प्रमुख सचेतक, सचेतक तथा सदस्यहरु, प्रदेश सरकार विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारी, स्काउट विद्यार्थी तथा स्थानीय समुदायको सहभागीता रहेको थियो । संविधानलाई जनताको बलिदान र गौरवपूर्ण उपलब्धि भन्दै सहभागीहरुले यसको संरक्षण सबैको साझा दायित्व रहेको बताएका छन् ।

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update