News 24 Television
मुगुमा फस्टाउँदै स्याउ खेती, लाखौंको कमाउँदै कृषक

मुगु । मुगुमा प्रत्येक वर्ष स्याउ खेती गर्ने कृषकहरुको संख्या बढ्दै गएको छ । अन्य खेती भन्दा पनि स्याउ खेतीबाट राम्रो आम्दानी हुने भएपछि कृषकहरु स्याउखेतीतर्फ आकर्षित भएका हुन् । स्याउ खेतीबाटै वार्षिक खर्च धान्दै आत्मनिर्भर समेत बन्ने लयमा छन्, मुगाली नागरिक । 

मुगु पछिल्ला वर्षहरुमा स्याउ खेतीका लागि आकर्षणको केन्द्र बनिरहेको छ । हरेक वर्ष स्याउ खेती गर्ने कृषकको संख्या बढिरहेको छ भने, सडक सञ्जालको पहँच बढेसँगै मुगालीवासीको आम्दानीमा स्याउ व्यापारले उकालो गति लिएको छ । मुगुमा कुल ३१ हजार १० हेक्टर क्षेत्रफल मध्ये १७ हजार हेक्टर जमिन स्याउ खेतिको लागी निकै उपयोगी भए पनि अहिले जिल्ला भरी ७ सय हेक्टरमा स्याउ खेति गरीरहेका छन् । 

स्याउ खेतीको पकेट क्षेत्र मानिएको  ताल्चा , कालापाल्त, गौरापाति, रोवा, भोवा, घटालेख, वाम, सोरुकोट, रारा, कच्र्चे, धैनकोट, खमाले , लमेरा, लगाएतका ३ दर्जन भन्दा बढी क्षेत्रका कृषकहरु बिहानदेखि बेलुकासम्म स्याउ टिप्र्ने  र विक्री गर्ने काममा व्यस्त देखिन्छन् । प्रति के.जी ४० रुपैयाँदेखि ५५ रुपैयासम्म बिक्री गरी प्रति घर बार्षिक ५० हजार देखी १ लाख ५० हजार सम्म बार्षिक आम्दानि गर्ने गरेको छन् । 

मुगुमा विगतका बर्षहरु भन्दा पछिल्ला बर्षहरु स्याउ धेरै पाइने गरेका छन् ।  व्यवसायी आफैले स्याउ प्याक गर्ने काटुनको ब्यबस्था गरी कृषकको बगैचामा गएर प्रति के.जी ३० देखी ५५रुपैया सम्म स्याउ खरिद गर्ने गर्दछन् । ब्यापारीलाई सरकारले ढुवानिमा अनुदानको ब्यवस्था गरिदिएको भए अझै राम्रो मुल्य पाउने व्यापारीको भनाइ छ ।  

गतबर्ष १ सय ३५ मेट्रीटन उत्पादन हुदा जिल्ला बाहीर ५५ लाख बरावर मूल्यको निकासी भएको थियो भने यो बर्ष मुगु जिल्लामा मात्र २सय १० मेट्रीटन स्याउ जिल्ला बाहीर जादा ९५ लाख देखी १ करोड सम्मको कारोबार हुनेछ  । यहाँ  स्थानिय जातको रेड गोल्डेन, गोल्डेन, चक्लेटी, रेड डेलिसियसलगाएतका बिभिन्न प्रजातीका स्याउ उत्पादन हुने गरेका छन् । 

राज्यका तीनै तहका सरकारले कृषकहरुलाई तालिम, गोष्टी, सेमिनार, कोल्डस्टोर तथा भण्डारलगायत पक्षमा अनुदानको आवश्यकता मुगुवासीले गरेका छन् । अनुदान र सहजिकरण भए यसक्षेत्रमा आर्थिक पक्षले तीव्र विकास लिने देखिन्छ । स्याउ खेतीलाई थप विकासका लागि सरकारले यसतर्फ ध्यान दिन आवश्यक छ ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update