
काठमाडौं । तिहारमा गरिने फूलमालाको व्यापारकालागि काठमाडौं महानगरपालीकाले विशेष व्यवस्था गर्ने भएको छ । विगतका वर्षझै यस वर्ष पनि यो व्यवस्था गर्न लागिएको हो ।
तिहारका समय काठमाडौंमा मात्रै करोडौं रुपैयाँ बराबरको फूलमालाको व्यापार हुने गरेको छ । तर, यस समय गरिने व्यापार व्यवस्थित गर्न भने केही अप्ठ्यारो हुने गरेको छ । यसै पक्षलाई मध्येनजर गर्दै काठमाडौं महानगरपालीकाले व्यवस्थित तवरले व्यापारका लागि विगतका वर्ष झै यस वर्ष पनि केही स्थान छुट्याएको छ । जसअनुसार काठमाडौं महानगरपालिकाले तिहारमा फूलमाला विक्री वितरणका लागि ३२ वटा स्थानहरु तोकेको छ ।
तिहारमा हुने अव्यवस्थित फूलमालाको बजार व्यवस्थापन गर्न ३२ स्थान तोकेको महानगरले जनाएको छ । महानगर क्षेत्रभित्रका ३२ स्थानमा हुने फूलमाला विक्री तथा वितरण केन्द्रबाट नेपाली किसानले उत्पादन गरेका फूलमाला मात्रै विक्री गर्न पाइनेछ ।
महानगरले विशेष गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित यस्तो कदम चालेको बताइएको छ । महानगरले जनाएअनुसार यी वितरण केन्द्रहरुबाट नेपालमै उत्पादन भएका फूल र मालाहरु मात्र विक्री गरिनेछन् । विगतमा भारत लगायत अन्य मुलुकबाट आयात गरिने फूलमालालाई प्रतिस्थापन गर्न तथा नेपाली कृषक र स्थानीय उद्यमीलाई बजार उपलब्ध गराउने काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
कहाँ–कहाँ पाइने छ फूलमाला बेच्न ?
- नयाँ बानेश्वरको एन.वि. सेन्टर, शंखमुुलको विग मार्ट, नयाँ बानेश्वरको आई प्लेक्स महल
- मध्यबानेश्वर सेल्स बेरी, बत्तिसपुतलीको फोनेक्स टावर, तिनकुुनेको तिनकुने चौर
- सिफलको सिफल चौर, चावहिलको एस पी कम्लेक्स, गणेशस्थानको तरकारी बजार
- चावहिल केयल टावर अगाडि र चावहिल सेन्टर अगाडि
- स्वयम्भुको धर्म चौक पार्क, कालीमाटिको कालीमाटी बाङ्गक्यूट र द्यौखेल
- कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर
- माछापोखरीको बुद्ध महल र गुणस्तर खाल्डो
- हाँडिगाउँको ५ वडा अगाडिको डबली र ५ वडा गणेश मन्दिर डबली
- सामाखुसीको कोईराला स्मार्ट ः २६ वडा सामाखुसी,
- महाराजगञ्जको सेल्स बेरी, गोंगबुको बिगमार्ट, चपलकारखानाको बिगमार्ट
- बालुवाटारको बिगमार्ट, कामलादीको आईटि बिल्डिङ्ग
- पुतली सडकको स्टार महल, अनामनगरको भाटभटेनी, टेवल मन्दिर परिसर
- सुन्धाराको काठमाडौं महल
- वडा नम्बर २८ अद्वेतमार्गको वडा कार्यालय बनाउने ठाउँमा र न्यूप्लाजा बज्र कम्लेक्सको गुड मार्टमा विक्री वितरण केन्द्र स्थापना गर्ने
महानगरले अवैध रुपमा विदेशी फूलमाला ल्याइ बेच्न भने रोक लगाएको छ । यदि अवै फूलको व्यापार भइरहेको थाहा पाए महानगर प्रहरीलाई सूचना दिन आग्रह गर्दै नेपाली उत्पादनलाई प्रोत्साहन गर्न समेत महानगरले आह्वान गरेको छ ।
काठमाडौं महानगरले नेपालीमा उत्पादित फूलहरुलाई प्रचारप्रसार गर्न आग्रह समेत गरेको छ । छिमेकी मुलुकबाट आएका अवैध फूलहरु विक्री गरेको पाइए विगतझैँ अहिले पनि अनुगमन गरी कारबाही गर्ने चेतावनी काठमाडौं महानगरको छ ।