
स्याङ्जा। गुल्मी, स्याङजा र पर्वत जिल्ला संगम शालिग्राम धाम र सेतीबेणि बजार वर्सेनि बाढीले डुबानमा पर्ने गरेको छ । बाढीले विश्वविराट शिला शालिग्राम धाम परिक्रमा गर्ने ठाउँ बगाइदिँदा यतिबेला भक्तजनहरुले परिक्रमा गर्न पाएका छैनन् । सम्बन्धित निकायले चासो नदिँदा धार्मिक पर्यटनको केन्द्र मानिने यस धामले संकट झेल्नुपरेको छ ।
यो देखिएको दृश्य विश्वबिराट शिला शालिग्राम धाम हो । जुन पर्वत स्याङ्जा र गुल्मीको संगमस्थलमा अवस्थित छ । जहाँ विशाल शिला रहेको छ । भने मुक्तिनाथबाट बग्दै आएको कालिगण्डकी नदि र पर्वतबाट बग्दै आएको सेतिखोलाले शिला शालिग्रामलाई परिक्रमा गरेको छ। जहाँ हिन्दु धर्ममा आस्था राख्ने धर्मालम्वीहरु आउने गर्दछन्।
यो ठाउँमा विशेषगरी दर्शन गर्न देशका विभिन्न जिल्लाबाट भक्तजनहरू आउने गर्दछन्। विश्व विराट शिला शालिग्रामलाई विष्णुको दोस्रो अवतारका रुपमा पनि हेर्ने गरिन्छ। शिला शालिग्रामलाई एउटा आस्थाको केन्द्रको रूपमा पनि लिने गरिएको छ। शिला शालिग्राम धाममा गएर आफुले इच्छाएको कुरा माग्दा आफ्नो मनोकामना पुरा हुन्छ भने एतिहासिक मान्यता रहेको छ। तर वर्षायाममा भने नियमित रुपमा दर्शन गर्न सक्ने अवस्था नरहेको शिला शालिग्राम धामका पुजारी हरि पराजुली बताउँछन्।
यस धाममा विशेष दिनहरू जस्तै माघे संक्रान्ति, वैशाखे ठुला एकादशी, कात्तिके एकादशीमा भक्तजनको ठुलो भिड लाग्ने गरेको छ। सँगै यहाँ मेला पनि लाग्ने गरेको छ। तर विगत केहि वर्षदेखि भक्तजनहरुले शिला शालिग्रामको परिक्रमा गर्न पाएका छैनन्। वर्षायाममा आउने बाढीले परिक्रमा गर्ने ठाउँ नै भत्काइदिएपछि भक्तजनहरुले परिक्रमा गर्न नपाएका हुन् ।
शिला शालिग्रामलाई परिक्रमा गर्ने स्थान बाढीले बगाएको यतिका बर्ष हुँदासम्म पनि पुननिर्माण नहुँदा भक्तजनहरूले परिक्रमा गर्न नपाएको गुनासो गरेका छन्। वर्षायाममा कालिगण्डकी नदी र सेति खोलामा आउने बाढिले शिला शालिग्राम वरपर सँगै सेतीबेणी बजारमा पनि प्रभावित बनाएको छ। शिला शालिग्राम धाममा प्रत्यक्ष रुपमा दर्शन गर्नका लागि देशबाट मात्र नभई छिमेकी मुलुक भारतबाट पनि दर्शन गर्न आउने भक्तजनहरु बताउँछन्।
शिला शालिग्राम धाम पवित्र धामिर्क स्थल भएतापनि पछिल्ला केहि वर्षमा भक्तजनहरुले शिला शालिग्रामलाई परिक्रमा गर्न नपाएको गुनासो गरेका छन्। साथै शिला शालिग्राम धाम वरपर फोहोर व्यावस्थापन पनि सम्बन्धित निकायको ध्यान नपुगेको भक्तजनहरु बताउँछन्।
शिला शालिग्राम धाममा रहेको विश्वबिराट शिलालाई हेर्न देशका विभिन्न भागबाट भक्तजनहरु आउने गर्दछन्। जुन हेर्दा निकै विशाल रहेको छ। त्यसको केहि किलोमिटर तलपट्टी स्याङ्जाको मिर्मिमा नेपालकै दोस्रो ठूलो जलविद्युत आयोजना कालिगण्डकी ’ए’ जलबिद्युत आयोजना रहेको छ ।
जसअन्तर्गत नदि थुनेर ड्याम बनाउँदा वर्षायाममा सेतिबाणी बजारसँगै शिला शालिग्राम धाम उच्च जोखिममा पर्ने गरेको छ। सँगै रहेको शिव मन्दिर पनि डुबानको उच्च जोखिममा रहेको छ। तर जोखिमका बाबजुद पनि हिन्दु धर्ममा आस्था राख्ने धर्मालम्वीहरु घाम पानी केहि नभनी दर्शन गर्न गइरहेका हुन्छन् ।