नेपाल स्काउटका प्रमुख आयुक्त घिमिरे विश्व स्काउट संगठन एशिया प्रशान्त क्षेत्रीय समितिमा निर्वाचित

काठमाडौं । नेपाल स्काउटका प्रमुख आयुक्त देवराज घिमिरे विश्व स्काउट संगठन एशिया प्रशान्त क्षेत्रीय समितिमा निर्वाचित भएका छन् ।
ताइवानमा जारी २८ औं एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा घिमिरे सहित, अस्ट्रेलीया, हंगकंग, फिलिपिन्स र बांगलादेश का पाँच जाना उम्मेद्वार २०२५ देखी २०३१ अवधिका समितिमा निर्वाचित भएका हुन् । यसरी विश्व स्काउट एशिया प्रशान्त क्षेत्रीय समितिमा निर्वाचित हुनेमा घिमिरे नेपालकै दोश्रो व्यक्ती हुन् ।
त्यसैगरि गत हप्ता ताइवानमा सम्पन्न ११औं एशिया प्रशान्त क्षेत्रीय स्काउट युवा सम्मेलनमा नेपालका सौरभ न्यौपाने क्षेत्रीय युवा प्रतिनिधिमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति: सोमबार, असोज २७, २०८२ १४:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय