
सुनसरी । तिहारमा आवश्यक फूल आयतमा सरकारले पछिल्लो वर्षहरुमा प्रतिबन्ध कडाई गरेसँगै स्वदेशी फूलहरुको माग बढिरहेको छ । तिहारमा आवश्यक सयपत्री र मखमलको फूल सबैभन्दा बढी भारतबाट आयत हुने गर्दथ्यो । तर, अहिले स्थानीयस्तरमै फूलको व्यवसायिक खेती बढ्न थालेको छ भने, स्वदेशी फूलले बजार समेत पाउन थालेको छ ।
यो होे इटहरी उपमहानगरपालिका–३ मा रहेको व्यवसायीक सयपत्री फूल खेतीको दृष्य । अनि, यो फूल खेती सप्तकोशी वातावरण संरक्षण तथा विकास अभियानका महिला समूहले गरेका हुन् । यहाँ ४ कट्ठा जमिनमा ६ हजार बिरुवा सयपत्री फुलको खेती गरिएको छ ।
यसरी ढकमक भएर फूलेका फूलहरुले तिहारलाई स्वागत गरिरहेको छ । फुर्सदको समयलाई सदुपयोग गदै सप्तकोशी वातावरण संरक्षण तथा विकास अभियानका महिलाहरुले तिहार र छठलाई लक्षित गरि गरेको खेतीको प्रतिफल अहिले देखिएको छ । बाझो जमिनमा संस्थालाई केही मुनाफा र महिला आत्मनिर्भरताको उदाहरण दिदै अहिले फुलेका यी फुलहरु खेतीमै खरिद गर्न आउने गरेका छन् ।
संस्थाले पहिलो पटक गरेको फुलखेतीले महिलाहरुमा उत्साह थपेको छ । बाझो जमिनलाई लिजमा लिएर केही मुनाफा र महिलाहरुलाई अत्मनिर्भर बनाउन संस्थाले गरेको पहिलो प्रयास सफल भएको महिलाहरु बताउछन् । बजारमा बिदेशी फुल छ्यापछ्याप्ती पाइने अवस्थालाई केही हदसम्म पुर्ती गरेको जनाइएको छ ।
फुलखेती सम्बन्धि तालिम लिएर महिला समूहले सयपत्री फुलको खेती शुरु गरेका हुन् । संस्थाले उत्पादन गरेको फुल १ गतेबाट टिप्ने बताइएको छ । आधा जस्तो फुल सामाजिक सञ्जालबाटै बुकिङ भइसकेको संस्थाको भनाई छ ।
संस्थाका अनुसार बिदेशी फुलभन्दा ताजा र कम मुल्यमा बिक्री गर्ने तयारी छ । यसरी स्वदेशी फुल प्रवद्र्धन र उत्पादनमा स्थानिय महिलाहरु नै अग्रसर भएर लागेपछि तिहारमा बिदेशी फुल आयतमा कमि आउने अवस्था पक्कै बन्नेछ ।