News 24 Television
कोशी पुगेर रवि–बालेनको हुँकार– विपक्षीमाथि आरोपको वर्षा, देश बनाउने दाबी
कोशी पुगेर रवि–बालेनको हुँकार– विपक्षीमाथि आरोपको वर्षा, देश बनाउने दाबी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावले दिएको परिणाम स्वीकार गर्न र चुनाव सार्ने षडयन्त्रमा नलाग्न चेतावनी दिएका छन् । इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै चुनाव सार्ने भए ४ दिन अगाडि सार्न रविले प्रस्ताव राखेका हुन्  ।
बाइकको साइलेन्सर बिगार्ने फन्दामा, प्रहरी शुरु ग¥यो कारबाही, स्थानीय दंग
बाइकको साइलेन्सर बिगार्ने फन्दामा, प्रहरी शुरु ग¥यो कारबाही, स्थानीय दंग रातको समयमा बाईकको साइलेन्सर परिवर्तन गरि आवाज पड्काउदै गुड्ने मोटर साइकलहरु कोशी प्रदेश ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ । बजार क्षेत्रबाट स्थानीयको व्यापक जनगुनासो आएपछि अहिले ट्राफिक प्रहरीले यस्ता बाईकहरु नियन्त्रणमा लिन थालेको हो ।
कारागार नै मृत्युखाना बन्दै ! कैदीहरु मर्दै कि मारिदै ? जेलभित्र मृत्यु रहस्य
कारागार नै मृत्युखाना बन्दै ! कैदीहरु मर्दै कि मारिदै ? जेलभित्र मृत्यु रहस्य सुनसरीस्थित झुम्का कारागार असुरक्षित बन्दैगएको छ । कारागारमा कैद सजाय भोगिरहेका कैदीबन्दीहरु आन्तरिक प्रशासनबाटै असुरक्षित बन्दै गएको कैदीबन्दीका आफन्तहरुले आरोप लगाएका छन् । कोशी प्रदेशकै बढी कैदी संख्या अटाउने झुम्का कारागारमा पछिल्लो केही महिना यता कैदीहरुको निरन्तर मृत्यु अनि गुण्डागर्दीका घटना सार्वजनिक भएपछि आफन्तहरुले चिन्तित बनेका छन् ।
महिलाले फूर्सदमा गरेको फूलखेतीले लाखौं आम्दानी, किन्नेको तछाडमछाड
महिलाले फूर्सदमा गरेको फूलखेतीले लाखौं आम्दानी, किन्नेको तछाडमछाड तिहारमा आवश्यक फूल आयतमा सरकारले पछिल्लो वर्षहरुमा प्रतिबन्ध कडाई गरेसँगै स्वदेशी फूलहरुको माग बढिरहेको छ । तिहारमा आवश्यक सयपत्री र मखमलको फूल सबैभन्दा बढी भारतबाट आयत हुने गर्दथ्यो । तर, अहिले स्थानीयस्तरमै फूलको व्यवसायिक खेती बढ्न थालेको छ भने, स्वदेशी फूलले बजार समेत पाउन थालेको छ ।
जेलभित्र डरलाग्दो अवस्था ! कैदीबन्दीहरुको क्षणभरमै ज्यान जाँदै !
जेलभित्र डरलाग्दो अवस्था ! कैदीबन्दीहरुको क्षणभरमै ज्यान जाँदै ! सुनसरीको झुम्का कारागारमा तीनजना कैदीबन्दीको मृत्यु भएको छ । कारागारमा फैलिएको उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षणको रोगका कारण तीनजनाको मृत्यु भएको हो । कारागारमा दर्जन बढी यस्तै लक्षण भएका विरामी छन् । एकाएक एकसाथ कैदीहरु विरामी पर्ने र मृत्यु हुनुले गम्भिर प्रश्न उब्जाएको छ ।
Weather Update