
रौतहट । गत भदौ २४ को जेनजी आन्दोलनको क्रममा जलाइएका प्रहरी कार्यालयहरु पुनःनिमार्ण गरि प्रहरीलाई हस्तान्तरण गरिएको छ । अन्य ठाउँमा जस्तै रौतहटमा पनि ठुलो भौतिक क्षति भएको थियो । जसमा प्रहरीका भवनहरु पनि ध्वस्त भएका थिए । हाल स्थानीयको पहलमा पुनःनिर्माण सम्पन्न भई भवनहरु हस्तान्तरण गरिएका हुन् ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जलाइएका भवनहरु कतै पुनःनिर्माण भइरहेका छन्, भने कतै पुनःनिर्माण सम्पन्न भइसके । रौतहटमा जलाइएका प्रहरी कार्यालयहरु पनि पुनःनिर्माण गरि हस्तान्तरण गर्ने कार्य भइरहेको छ ।
आन्दोलनका क्रममा आन्दोलनकारीहरुले रौतहटका धेरै सरकारी कार्यालय एवम् पालिकाका प्रशासनिक भवनहरुमा आगजनी, तोडफोड गर्नुका साथै लुटपाट पनि गरेका थिए । जेनजी आन्दोलनको क्रममा रौतहट जिल्लामा करिब आधा अर्ब बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । सोही दिन रौतहटका १० वटा प्रहरी कार्यालयहरुमा क्षति पुर्याइएको थियो तर सबैभन्दा बढि क्षति इलाका प्रहरी कार्यालयमा भएको थियो । आन्दोलनकारीले आगजनी गरेर ध्वस्त पारेका सो कार्यालय स्थानीयले पुर्ननिमार्ण गरेर प्रहरीलाई हस्तान्तरण गरेका हुन् ।
कसरी जलाइएको थियो त रौतहत इलाका प्रहरी कार्यालय ?
भदौ २४ गते ठुलो संख्यामा रहेका प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालयमा आक्रमण गरेका थिए । उनीहरुले प्रहरी कार्यालय ढुगामुढा , सिसाका बोलतहरु प्रहार गरेका थिए । सोही क्रममा स्थिति नियान्त्रणमा लिन प्रहरीले प्रहरीले ७१ राउण्ड हवाइ फायर र ४३ राउण्ड अश्रुग्यास प्रहार गरेता पनि भिड नियन्त्रण आएन र अन्ततः प्रहरी कार्यालय छाडेर पछि हट्न वाध्य भयो । प्रहरी पछि हटेपछि प्रदर्शनकारीहरुले कार्यालय भित्र पसेर तोडफोड तथा आगजनी गरेका थिए । प्रदर्शनकारीहरुले कार्यालयको दुइवटा चारपाङ्ग्रे सवारी साधन सहित प्रहरी कर्मचारीहरुको १२ वटा निजी सवारीसाधनहरु पनि जलाएका थिए ।
पुनःनिर्माणमा स्थानीयको सक्रियता
आगलागीका कारण ध्वस्त भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पुर्ननिमार्णको लागि स्थानीय २५ गतेदेखिनै सक्रिय भएर लागेका थिए । प्रहरी बीना सभ्य समाजको कल्पना पनि गर्न नसकिने महसुष गरेर स्थानीय आफैले नगद तथा जिन्सी उठाएर पुर्ननिमार्ण सुरु गरेका थिए । पुर्ननिमार्णको लागि देश विदेशबाट आर्थिक तथा जिन्सी सहयोग उठेको थियो । पुर्ननिमार्णको लागि दाताहरुले आफ्नो क्षमता अनुसार १ रुपैया देखि ५० हजारसम्म नगद र इटा, बालुवा, काठ, सिमेन्ट, रंग , सिसा, फर्निचर लगायतका जिन्सीहरु सहयोग गरेको पुर्ननिमार्ण समितिले जनाएको छ । जलेको कार्यालयको सरसफाइमा स्थानियले स्वतः स्फुर्त रुपमा श्रमदान पनि गरेका थिए ।
इलाका प्रहरी कार्यालय जलाइपछि स्थानियले असुरक्षित महसुष गर्दै आइरहेकाले जतिसक्दो चाँडो निमार्ण सम्पन्न गरेर यसलाई हस्तान्तरण गर्न अभियान्ताहरु दिनरात खटिएका थिए । सबैको हातेमालो र सहकार्यमा निमार्ण सम्पन्न गराउन पाउँदा स्थानिय पनि हर्षित देखिएका छन् । भवन हस्तान्तरणकै क्रममा पुर्ननिमार्ण समितिले आम्दानी खर्चको विवरण पनि सार्वजनिक पनि गरेको छ ।
प्रहरी र नागरिकको सम्बन्ध परस्पर विश्वास, सहयोग र सम्मानमा आधारित हुनुपर्ने आम नागरिकको भनाइ छ । नागरिकले प्रहरीलाई कानून र सुरक्षाको रक्षकका रूपमा हेर्नुपर्छ भने प्रहरीले पनि जनताको सेवकका रूपमा इमानदारीपूर्वक काम गर्नुपर्ने उनीहरु बताउँछन् । जब प्रहरी र नागरिकबीच आपसी समझदारी र सहकार्य हुन्छ, तब समाजमा शान्ति, सुव्यवस्था र विकास सम्भव हुने भएकाले आफुहरुले आगजनीका कारण विस्थापित प्रहरीलाई पुर्नस्थापित गर्न यो अभियान चलाएको अभियान्ताहरु बताउँछन् ।
प्रहरी र नागरिकबीचको सशक्त सम्बन्धले सुरक्षित र अनुशासित समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने भएकाले चन्द्रपुरका नागरिकहरुले प्रहरीप्रति देखाएको व्यवहारबाट आफुहरुलाई हौसला मिलेको प्रहरीहरुको भनाइ छ ।
समाजमा प्रहरीको महत्व ठूलो हुन्छ । प्रहरी शान्ति, सुरक्षा र कानूनको पालना सुनिश्चित गर्ने प्रमुख निकाय हो । उनीहरूले अपराध रोकथाम, अनुसन्धान र अपराधीलाई कानूनी कारबाहीमा ल्याउने काम गर्छन् । साथै, प्रहरीले जनताको जीवन र सम्पत्तिको रक्षा गर्दै समाजमा विश्वास र सुरक्षाको वातावरण सिर्जना गर्छ । दुर्घटना, प्राकृतिक विपद् वा आपत्कालीन अवस्थामा पनि प्रहरीको सक्रिय भूमिका रहन्छ ।
त्यसैले, प्रहरी समाजको शान्ति र सुव्यवस्थाको आधारस्तम्भका रूपमा अत्यावश्यक संस्था हो । तर विभिन्न बहानामा प्रहरी माथि आक्रमण गरिनु दुःखद् भएकाले नागरिक र प्रहरीको हातेमालोमा समाज अगाडि बढाउन सबै लाग्नुपर्ने देखिएको छ ।