
जुम्ला । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारकै बेला सरकारबाट भत्ता पाएपछि जुम्लाका स्थानीय खुशी छन् । तिहार पर्वलाई ध्यानमा राखि जुम्लाको कनका सुन्दरी गाँउपालिकाले सामाजिक सुरक्षा भत्ता पाउन योग्यहरुलाई भत्ता प्रदान गरेपछि उनीहरु चाडवाडमा थप खुशी भएका हुन् ।
नेपालीहरुको दोस्रो ठुलो चाड तिहारले मुलुक रौनकतामा छ । यो रौनकतामा जुम्लाका स्थानीय थप उल्लाससहित तिहारलाई खुशीको याम बनाइरहेका छन् । तिहार पर्वलाई ध्यानमा राखि जुम्लाको कनका सुन्दरी गाँउपालिकाले सामाजिक सुरक्षा भत्ता पाउन योग्यहरुलाई भत्ता प्रदान गरेपछि उनीहरु चाडवाडमा थप खुशी भएका हुन् । गाउँपालिकाको १ देखि ८ वडामा रहेका वडा कार्यालय पुगेर यहाँका लाभ ग्राहीहरुलाई भत्ता उपलब्ध गराइएको हो ।
चाडपर्वमा दिइएको यो भत्ताले एकल, असहाय, अपांगता भएका, ज्येष्ठनागरिक,बालबच्चाहरुलाई सहज बनाएको उनीहरुको भनाई छ ।
उमेर बढेसँगै घरबाट पनि खासै हेरचाह र माया कम पाउने समस्या वर्तमान समाजमा रहेका बेला र उम्मेरले हात खुट्टा चलाउन गारो भएका बेला सुरक्षा भत्ताले दिनाचार्यमा खुशी थपेको ज्येष्ठनागरिकहरु बताउछन् । विशेषगरि विकट जिल्लाहरुमा कठिनाई थप धेरै छन् ।
काम गरिखान सहज छैन, जुम्लाको विकट ठाउँमा लगाएको खेतिपातिले जीवन धान्न गारो हुन्छ, यहाँका ज्येष्ठनागरिकको दुखेसो छ । सामाजिक सुरक्षा भत्ता नदिने भए त हामी बुढा बुढीहरुको अकालमा ज्यानजाने थियो भन्दै स्थानीय सरकारले गरिरहेको सहजिकरणको पनि उनीहरुले प्रसंसा गरे ।
भत्ता लिन पहिला बैकंमा जाने लाईनमा बस्नु पर्ने बाध्यता भएपनि अहिले सहज भएको उनीहरु बताउछन् । यो पटक वडा कार्यालयमा पालिकाका कर्मचारी र बैंकका कर्मचारी आएर भत्ता बितरण गर्दा निकै सहज भएको उनीहरु बताउछन् । मुखमा आएका दशैं तिहार रमाइलोसँग मनाउन सहज हुने भन्दै खुशी छन् उनीहरु ।
पालिका भित्र रहेका वडा बस्ती बैक रहेको केन्द्रसम्म पुग्न आधा घण्टा देखी ५ घण्टा सम्म समय लाग्र्ने गर्छ । एकल, जेष्ठ नागरीक , अपागंता, असहाय महिला बालबालीकाहरुलाई भत्ता लिन निकै गारो हुने भएको हुँदा पालिकाले बिगत वर्ष देखि वडामा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गदै आएको थियो ।
यो आर्थिक वर्षको पहिलो त्रैमासीक भत्तातिहार लगाएत चाडबाड मनाउन सजिलो होस् भन्ने उद्देश्यले पालिका अन्तर्गतका सामाजिक भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, असहाय ,एकल महिला,बालबालिका तथा अपाङ्गता भएका व्यक्ति, लगायतका ३ हजार १ सय ७५ लाभग्राहीको बैंक खातामा जम्मा गरिएको रकम कुमारी बैंकको सहजीकरणमा १ करोड ८५लाख ८८ हजार ४ सय ७५रुपैया बितरण गरीएको कनका सुन्दरी गाँउपालिका एम.आइ.एस अपरेटर दिपेन्द्र प्रसाद उपाध्यायले जानकारी दिए ।
नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता लिदै आएका लाभ ग्राहीहरुलाई सहजताको लागी स्थानिय सरकार र सम्बन्धित क्षेत्रमा रहेको बैकहरुको सहकार्यमा टोल–टोल बस्ती बस्तीहरुमा पुग्यर सामाजिक सुरक्षा भत्ता बितरण गर्दा स्थानिय नागरीकहरुलाई सहजता हुने देखिन्छ ।