News 24 Television
काठमाडौंमा फूलमै कालोव्यापार ! उज्यालो तिहारमा खुलेआम ठगी !

काठमाडौं । अहिले फूलहरुको पर्व, उज्यालोको उमङ्ग तिहारको माहोल छ । तिहारको रौनकले देशभरका बजारहरु पनि चलायमान छन् ।

बजार तथा चोकचोकमा किनमेल गर्ने सर्वसाधरणको घुँइचो छ । विशेषगरी काठमाडौँको पुरानो बजारका रुपमा चिनिने असन, इन्द्रचोक साथै न्यरोड आसपासमा अन्यत्रभन्दा बढी भिडभाड देखिन्छ । तर, तिहारको रौनकमा रमाइरहेका किनमेलकर्ताहरुलाई सामानको मनलाग्दी मूल्यले नरमाइलो बनाइरहेको छ । 

देशकै व्यस्त मानिने काठमाडौँको असन, इन्द्रचोकदेखि न्युरोड बजार क्षेत्रमा किनमेल गर्नेको घुँइचो छ । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको रौनकले उल्लास भरिरहेका बेला तिहारमा आवश्यक पर्ने सामग्री किन्नेहरुको भिडभाडले बजारलाई चलायमान बनाएको पनि छ । 

फूलहरु र उज्यालोको पर्वका रुपमा लिइने तिहारका समय फूल, पूजाका सामग्री र मिठामिठा परिकार बनाउन आवश्यक पर्ने सामान किन्न न्यूरोड बजार क्षेत्र पुग्ने गर्छन्, काठमाडौंवासी । तर, तिहारको उल्लासलाई बजारमा सामानहरुको मनपरी मूल्यले गर्दा खल्लो बनाउने गरेको छ । अहिले त फूलमा उच्च कालोजारी वा भनौं मनपरि मूल्यले सर्वसाधारण मारमा परेका छन् । फूलको मूल्य सामान्य समयभन्दा दोब्बरले बढेको छ ।

अघिल्लो वर्षहरुमा एक सय रुपैँयामा पाउने माला यसपटक पाँच सय भन्दा बढिमा किनमेल गर्नुपरेको गुनासो सर्वसाधारणको छ ।  काठमाडौँ महानगरपालिकाले विदेशी फुलको आयातमा प्रतिवन्ध लगाउँदै स्वदेशी फुलको व्यापार गर्न व्यावसायिलाई सूचना जारी गरेको थियो । स्वदेशी उत्पादनको प्रोत्साहन गर्दा उल्टै मूल्यमा मनोमानी भइरहेकाले उपभोक्तालाई भारतीय फूलले नै फाइदा पुग्ने देखिएको छ । सरकारले अनुदान पनि नदिने, नेपाली उत्पादन स्रोतबाटै महंगो मूल्यमा खरिद गर्नुपर्दा नेपाली सयपत्री फूलको मूल्य बढेको व्यापारीहरु बताउछन् । 

तिहारको रौनकमा फूल मात्रै होइन्, लत्ताकपडा किन्न असन बजार पुगेका नागरिक पनि बजार मूल्यसँग सन्तुष्ट छैनन् । सामग्री खरिदमा दोब्बरदेखि चौबलसम्म मुल्यबृद्धि गरिएको गुनासो सर्वसाधारणको छ । मनोमानी ढंगले बजारको भिडलाई देखेर व्यापारीले ढाड सेकेको गुनासो उनीहरुको छ । 

प्राय सबै चाडपर्वका समय नेपाली बजारमा कालोबजारी र मनलाग्दी मूल्य उच्च हुने गरेपनि सरकारले सहि तवरले नियमन गर्न कहिलेइ सकेको छैन । अझ भनौ उपभोक्ताको हकअधिकारका विषयमा सरकारको खास ध्यान नै छैन । 

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update