
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ६ उद्योगले ४ अर्ब विद्युत वक्यौता नतिरेपछि विजुली काटेको छ । प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटेको हो ।
नेपाल विद्युत प्राधिकरणले विजुली लाइन काट्ने कार्यलाई तीव्रता दिएको छ । प्राधिकरणले लाइन काटिएका उद्योगलाई २८ किस्ताको सुविधा पनि दिएको छ । तर, उद्योगीले अस्वीकार गरिरहेका छन् । वक्यौता उठाउनेदेखि लाइन काट्ने विषयले समय समयमा रडाको नै मच्चिने गरेको छ ।
यही परिवेशका बीच अहिले ठुला उद्योगहरुको लाइन काटिदिएको हो । ६ उद्योगले ४ अर्ब विद्युत वक्यौता नतिरेपछि विजुली काटेको प्राधिकरणले जनाएको छ ।
कुन–कुन उद्योगको काटियो लाइन ? वक्यौता कति ?
- जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट,
- घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्स
- जगदम्बाको रु. १ अर्ब ६० करोड, रिलायन्सको रु. ७५ करोड ३७ लाख
- शिवमको रु. ७७ करोड ८८ लाख, घोराहीको रु. ५० करोड ८५ लाख
- अर्घाखाँचीको रु. ४४ करोड ८४लाख र त्रिवेणीको रु. ३२ करोड १० लाख रुपैयाँ
- यो वक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग वापतको थप महसुल वापतको हो ।
- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार पटक–पटक वक्यौता तिर्न आह्वान गर्दा समेत उद्योगीले अटेर गरेपछि बाध्यभएर लाइन काट्नुपरेका हो ।
- ४ अर्ब भन्दा बढि बक्यौता नतिरेका ६ उद्योगले वक्यौता तिर्न शुरु नगर्दासम्म लाइन नजोडिने प्रधिकरणको भनाई
वक्यौता तिर्न तिहार–छठमा पनि काउन्टर नै खडा
- तिहारको सार्वजनिक विदामा पनि उद्योगको वक्यौता रकम तिर्नसक्ने गरि काउन्टरको व्यवस्था गरिएको छ ।
- उद्योगीले सबै रकम एकैपटक नतिरे पनि २८ किस्तामा तिर्न सक्ने सुविधा दिइएको छ ।
- पहिलो किस्ता तिरेमा जुनसकै समयमा काटिएकोलाइन जोडिने योजना प्राधिकरणको छ ।
पटक–पटक सूचना, उद्योगीबाट वेवास्ता !
- यसअघि प्राधिकरणले २१ दिने सूचना निकालेर विजुलीको वक्यौता नतिर्ने उद्योगीको लाइन काट्ने चेतावनी दिएको थियो ।
- प्राधिकरणले १२ असोजमा सूचना जारी गरेपछि दुई नयाँ उद्योगले किस्तामा वक्यौता तिर्न थालेका छन् ।
- त्यसबाहेक अन्य उद्योगहरुले भने विवाद निरुपण नभएसम्म वक्यौता नतिर्ने अडान राख्दै आएका छन् ।
- यसअघि वक्यौता नतिरेका अशोक स्टिल्स र हामा स्टिल्सले किस्तामा वक्यौता तिर्न थालेका हुन् ।
- यसअघि नै किस्ताबन्दीमा वक्यौता तिर्न शुरु गरिसकेका हुलास स्टिल, लक्ष्मी स्टिल्स, सर्वोत्तम सिमेन्टलगायतले पनि नयाँ किस्ता तिरेका छन् ।
लामोसमयदेखि विद्युत वक्यौताका विषयमा उद्यागी र व्यवसायीहरुबिच टकराव चल्दै आएको छ । अहिले पनि यहि वक्यौताको विषयले विवाद चर्किरहेको छ ।