News 24 Television
यस्तो छ छठको धार्मिक, सांस्कृतिक र वैज्ञानिक दृष्टिकोण

रौतहट । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वको रौनक अहिले रौतहट लगायतका तराई मधेशका जिल्लाहरुमा उत्कर्षमा छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बसिरहेका छन् । छठको मुख्य दिन सोमवार साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अघ्र्य दिइदैछ भने मंगलवार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि समापन हुन्छ । छठमा पूजा गरिने सूर्य धार्मिक आस्थाले मात्रै वैज्ञानिक दृष्टिले पनि अत्यन्तै अर्थपूर्ण रहेको छ । 

छठ पर्वका लागि तालतलैया र नदि किनारका घाटहरु दुलहीझैँ सिङ्गारिएका छन् भने टेन्ट, झिलिमिली, मुर्ति, ध्वजा पताका लगायत वस्तुहरुले सजाएर झकिझकाउ पारिएका छन् ।  छठ पर्व र प्रकृति बीच गहिरो सम्बन्ध रहेको छ । यो पर्व सूर्यदेवको आराधना गर्ने प्रमुख पर्व हो, जसले प्रकृतिप्रति कृतज्ञता प्रकट गर्छ । 

छठमा सूर्य, जल, माटो, हावा र अग्निजस्ता प्राकृतिक पन्च तत्वहरूको पूजा गरिन्छ, जसले जीवनलाई सम्भव बनाउँछन् । भक्तजनहरूले नदी, पोखरी वा तलाउको शुद्ध पानीमा स्नान गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिन्छन्, जसले प्रकृतिसँगको सहअस्तित्व र सम्मानको सन्देश दिन्छ । यस पर्वले मानिसलाई पर्यावरणको संरक्षण, स्वच्छता र प्राकृतिक स्रोतहरूको उचित उपयोग गर्ने प्रेरणा दिन्छ । छठ पर्वले धर्म, संस्कृति र प्रकृतिको सन्तुलित सम्बन्धलाई मजबुत बनाइरहेको छ ।

छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । छठको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अघ्र्य दिइन्छ भने त्यसको  भोलिपल्ट उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ सम्पन्न हुन्छ । पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । छठ पर्वमा सूर्यदेवको आराधना गरेर मानिसहरूले जीवन, स्वास्थ्य र समृद्धिको कामना गर्छन् । 

अस्ताउँदो सूर्यलाई अघ्र्य दिई दिनभरको कृतज्ञता व्यक्त गरिन्छ र उदाउँदो सूर्यलाई अघ्र्य दिई नयाँ ऊर्जाको स्वागत गरिन्छ । यसरी सूर्यपूजाले प्रकृतिप्रतिको श्रद्धा, धन्यवाद र सन्तुलित जीवनको सन्देश दिएको छ ।

वैज्ञानिक दृष्टिकोणले सूर्य सम्पूर्ण प्राणीकै प्रमुख ऊर्जा स्रोत हो । पृथ्वीमा जीवन सम्भव हुनुको मूल कारण नै सूर्यको प्रकाश र ताप हो । सूर्यको किरणले हाम्रो शरीरमा भिटामिन ‘डी’ उत्पादन गर्न सहयोग गर्छ, जसले हड्डी बलियो बनाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । बिहानको कोमल सूर्यकिरण शरीर र मन दुवैका लागि लाभदायी मानिन्छ ।

सूर्य नमस्कार वा सूर्य ध्यानजस्ता योग अभ्यासहरू पनि यिनै वैज्ञानिक सिद्धान्तमा आधारित छन्, जसले रक्तसञ्चार सुधार, मानसिक एकाग्रता वृद्धि र शरीरको सन्तुलनमा योगदान पु¥याउँछन् ।

सूर्य आराधना भक्ति र विज्ञानको अद्भुत संगम हो । भक्तिपक्षबाट हेर्दा छठ पर्वमा सूर्य आराधना श्रद्धा, आत्म अनुशासन र आभार प्रकट गर्ने साधन हो । बिहान–बेलुकाको सूर्यको ध्यान र मन्त्र उच्चारणले सकारात्मक ऊर्जा फैलाउँछ र जीवनप्रति कृतज्ञताको भावना जागृत गराउँछ । छठमा सूर्यको पूजा गर्नाले आस्था र भक्तिभाव प्रकट हुन्छ भने र सूर्यको वैज्ञानिक महत्वले जीवन र स्वास्थ्यलाई सुदृढ बनाउँछ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update