दोलखा । दोलखामा अवस्थित ऐतिहासिक र धार्मिक दृष्टिले प्रसिद्ध भीमेश्वर मन्दिरमा मंगलबार राष्ट्रपति कार्यालयको तर्फबाट विशेष क्षमा पूजा सम्पन्न गरिएको छ । जनविश्वास अनुसार, भीमेश्वर मन्दिरस्थित भीमसेनको शिलामा पसिना आएपछि देशमा कुनै अनिष्ट वा ठूलो परिवर्तन हुने विश्वास रहँदै आएको छ । जीवित देवी कुमारीले भीमसेनमा पसिना आएको तर त्यसबारे कसैलाई जानकारी नहुँदा पूजाको आवश्यकता रहेको बताएपछि राष्ट्रपतिद्वारा क्षमा पूजा गराइएको हो ।
दोलखाको भिमेश्वर मन्दिरस्थित भिमसेनको सिलामा पसिना आएपछि देशमा कुनै अनिष्ट वा ठूलो परिवर्तन हुने विश्वास अनुरुप राष्ट्रपति कार्यालयको तर्फबाट विशेष क्षमा पूजा सम्पन्न गरिएको छ । गएके भदौ २४ गते देशभर भएको घटनाक्रम र अस्थिर राजनीतिक परिस्थितिलाई लिएर भिमसेनमा पसिना आएको हुन सक्ने जनविश्वास रहेकाले राष्ट्रपतिको कार्यालयबाट क्षमा पूजा गरिएको हो ।

क्षमा पूजामा राष्ट्रपति कार्यालयका सहायक स्वकीय सचिव सुशील तिमल्सिना, उपसचिव ईश्वरीप्रसाद पाण्डे, तथा कुमारी घर काठमाडौँका अध्यक्ष गौतम साक्य सहितको टोली सहभागी थियो। सो अवसरमा दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, गरुण दल गणका गणपति लोकसागर कटुवाल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरू पनि उपस्थित थिए। राष्ट्रपति कार्यालयबाट क्षमा पूजा अधुरो रहेकोले पूजा गर्न आएको ,देशमा शान्ति अमनचयन कायमै रहोस् भनी यो पूजा गरिएको स्वकिय सहसचिव सुशील तिमल्सिनाको भनाइ छ ।
प्राचीनदेखि कै जनविश्वास अनुसार भिमसेनको शिलामा पसिना आउँदा राज्यको तर्फबाट क्षमा पूजा गर्ने चलन रहँदै आएको छ । यस वर्ष पनि सो परम्पराको निरन्तरता स्वरूप राष्ट्रपति कार्यालयबाट पूजा गरिएको हो ।

मन्दिर व्यवस्थापन समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठले मंगलबार सम्पन्न क्षमा पूजामा कोरा पूजा, क्षमा पूजा र रुद्राभिषेक गरी देशमा शान्ति, स्थिरता र समृद्धिको कामना गरिएको जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय रुपमै आफुलाई परिचित बनाएको धार्मिक स्थल दोलखाको भिमेश्वर मन्दिरमा पसिना आउँदा कपासलाई महाप्रसादको रूपमा भक्तजनहरूलाई वितरण गरिन्छ । क्षमा पूजाले देशमा हुने सम्भावित अनिष्ट कम हुने र शान्ति कायम रहने विश्वास गरिएको छ ।
