ललितपुरको गोदावरी नगरपालिकामा सकमना पुन्ही मनाइयो
काठमाडौं । चन्द्रमास अनुसार वर्षभरि मनाइने विभिन्न चाडपर्वहरूको उत्सवको रूपमा बुधबार ललितपुरको गोदावरी नगरपालिकामा सकमना पुन्ही मनाएको छ ।

यो दिन कच्छलथवा पुन्हीको साँझ नेवाः बस्तीको टोल टोलमा रहेको मन्दिर, बहाः चुक, ननीमा विभिन्न देवताहरु र मन्दिरहरुको कलात्मक चित्रहरु बनाएर प्रदर्शन गरिन्छ ।
त्यसैले यस पुन्हिलाई हलिमलि पुन्हि पनि भन्ने गर्दछ । त्यसैले, हलमालिको मण्ड प्रदर्शनीको क्रममा टोल टोलमा दाफा र भजन गाउने गर्दछ । दाफा र भजन गाइसकेपछि हलमल र अन्य प्रसाद खुवाउने गर्दछ ।
यस दिन पिदालु, सखरखन्दा र तरुल खाइने भएकाले यसलाई सकिमाना पुन्ही पनि भन्ने गर्द छ । चिसो मौसम सुरु हुनुभन्दा अगाडि हलमाल र कन्दमुल खाएमा शरीर तातो हुने र चिसो रोग लाग्ने छैन भन्ने जनविश्वास पनि रहेके छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२ १३:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
