News 24 Television
पारामाउन्ट मोटर्सले मल्टीब्राण्ड एक्सचेन्ज एण्ड अपग्रेड क्याम्प कार्तिक २१-२३ मा आयोजना गर्ने

काठमाडौं । नेपालमा एमजी, आइएम, माज्दा, वुलिङ र म्याक्सस ब्रान्डहरूको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले आफ्नो पोर्टफोलियोमा रहेका सबै ब्रान्डहरू समेटेर नेपालकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एण्ड अपग्रेड क्याम्प’ आयोजना गर्न लागेको छ । 

यो कार्यक्रम २०८२ कार्तिक २१ गतेदेखि २३ गतेसम्म बिहान ११ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म एलिस रिसेप्सन, नक्साल, गैरिधारा र उपत्यकाबाहिरका सबै डिलरशिपहरूमा सञ्चालन हुने जानकारी गराइएको छ ।

तीनदिने क्याम्पमार्फत ग्राहकहरूले आफ्ना सवारीसाधनहरू रु। १५ लाखसम्मको विशेष लाभसहित अपग्रेड गर्न सक्नेछन् भने सहज फाइनान्स सुविधा, आकर्षक नगद छुट र पुराना गाडीको उच्च मूल्याङ्कनसहितको एक्सचेन्ज अफरहरू समेत उपलब्ध हुनेछ। 

क्याम्पमा माज्दा, वुलिङ, आईएम, एमजी र म्याक्सस जस्ता ख्यातिप्राप्त ब्रान्डका सवारीसाधनहरू प्रदर्शित गरिनेछ जसले ग्राहकहरूलाई विभिन्न सवारी विकल्पहरू प्रदान गर्नेछ । क्याम्पमा पारिवारिक वातावरण सहितको किड्स जोन, नेल आर्ट, मेहेन्दी सेसन, फेस पेन्टिङ, फुड एन्ड गेम्स जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरूको व्यवस्था हुनेछ । 

आगन्तुकहरूले यस अवसरमा आइएमको इन्टेलिजेन्ट इलेक्ट्रिक सभी IMG को प्रत्यक्ष अनुभव लिन सक्नेछन् र यसका क्र्याब वाक IAD, पार्किङ सोलुसन, पुल(आउट तथा रिभर्स असिस्ट जस्ता अत्याधुनिक वन टच फीचर्स पनि अवलोकन गर्न सक्नेछन् ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update