News 24 Television
‘सम्पन्न भयो दुईदिने आईआईएफटी स्पेस एन्ड डिजाइन एक्स्पो’

काठमाडौं । पाचौं संस्करणको ‘आईआईएफटी स्पेस एन्ड डिजाइन एक्स्पो’ भव्य र शभ्यरुपमा सम्पन्न भएको छ । गएको शुक्रवार दिउँसो कमलपोखरीस्थित सिटी सेन्टरमा यो एक्स्पो भब्यरुपमा उदघाटन गरिएको थियो ।

‘आईआईएफटी स्कुल अफ फेसन एन्ड इनटेरियर डिजाइन’ले यो दुई दिने प्रतिस्पर्धात्मक एक्स्पो आयोजना गरेको हो ।  मिस नेपाल वल्र्ड २०२५ लुना लुइँटेल, मिस इन्टरनेसनल २०२५ उरुषा भण्डारी, आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पा, कर्पोरेट म्यागजिन तथा कर्पोरेट खबरका अध्यक्ष एवम् प्रधान सम्पादक उज्ज्वलजङ्ग शाह, फोटोग्राफर शिवलाल  श्रेष्ठलगायतका ब्यक्तित्वले उक्त एक्स्पोको रिबन काटेर समुदघाटन गरेका थिए । 

आईआईएफटीका प्रवन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले बिद्यार्थीभित्र अन्र्तनिहित भएको क्षमता प्रदर्शन गर्ने साथै नेपालमा इन्टेरिजयर डिजाइनको महत्व उजागर गर्ने उद्देश्यले यो आयोजना गरिएको बताउनु भयो । 

एक्स्पोमा इन्टेरियर डिजाइन अध्ययन गर्ने बिद्यार्थीले बनाएका विभिन्न प्रोजेक्टहरु राखिएका थिए । एक्स्पोमा क्याफे, कार शोरुम, बैंक डिजाइन, नेवारी क्याफे, रेष्टुराँ, प्रि–स्कुल, स्पासहित विभिन्न प्रोजेक्टहरु समावेश थिए । 

एक्स्पोमा बिद्यार्थीले क्याफे तथा रेष्टुराँको थिममा प्रोजेक्ट बनाएका थिए । एक्स्पोमा सहभागिता जनाएका बिद्यार्थीहरुले अहिलेको राष्ट्रिय तथा अन्र्तराष्ट्रियरुपमा इन्टेरियर डिजाइनको करियर भएको हुनाले यो विषयलाई रोजेको हो भनी धारणा ब्यक्त गरेका थिए । 

एक्स्पोलाई थेसिस तथा क्याफे गरी दुई समूहमा विभाजित गरिएका थिए । १७ जना बिद्यार्थी थेसिसमा र ३९ जना बिद्यार्थी क्याफेमा सहभागी भएका थिए । थिममा प्रोजेक्ट बनाएका बिद्यार्थीहरु सात महिनाको अध्ययन सकाएका हुन् । 

एक्स्पोमा सहभागी भएका बिद्यार्थीहरुलाई उदघाटन समारोहमा प्रमाणपत्र वितरण गरिएको थियो । शुक्रवार र शनिवार भएको दुई दिने कार्यक्रममा अपेक्षित ४ हजार अवलोकनकर्ताको संख्या पुरा भएको बताए । 

एक्स्पोको समापन दिन काठमाडौं महानगर पालिकाका उपमेयर सुनिता डंगोलको उपस्थिति रहेको थियो । एक्स्पोका विजेताहरुलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको थियो । 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update