News 24 Television
नेपाली वैज्ञानिक विश्वमै अब्बल ! नास्टका डा. कोइराला शीर्षभित्र

काठमाडौं । विश्वमा सबैभन्दा बढी प्रभावपार्ने वैज्ञानिकहरूको शीर्ष दुई प्रतिशत सूचीमा नेपाली वैज्ञानिकहरू समेत परेका छन् । विश्वमा सबैभन्दा बढी प्रभाव पार्ने शीर्ष दुई प्रतिशत वरीयतामा सन् २०२५ का लागि हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालका वैज्ञानिकहरु समेत परेको सार्वजनिक गरेको हो । 

नेपाली वैज्ञानिक विश्वस्तरमै सफल र वर्चश्व जमाउँदै गएका छन् । अहिले उनीहरुले विश्वमा सबैभन्दा बढी प्रभावपार्ने वैज्ञानिकहरूको शीर्ष दुई प्रतिशत सूचीमा आफुलाई दर्ज गर्न सफल भएका छन् । 

विश्वमा सबैभन्दा बढी प्रभाव पार्ने शीर्ष दुई प्रतिशत वरीयतामा सन् २०२५ का लागि हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालका वैज्ञानिकहरु समेत परेको सार्वजनिक गरेको हो ।

स्ट्यानफोर्ड विश्वविद्यालयले एलसेभियरसँगको सहकार्यमा तयार पारेको प्रतिष्ठित सूचीमा नेपालका वैज्ञानिक डा. निरञ्जन कोइराला समेत परेका छन् । वैज्ञानिक डा. कोइराला नेपालको सर्वोच्च अनुसन्धान निकाय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का अनुसन्धानकर्ता हुन् । 

यसैगरि, नास्टबाट डा. कोइरालासहित विज्ञानका क्षेत्रमा काम गर्ने नेपालका २० वटा संस्थाका ३१ शोधकर्ताले समेत प्रतिष्ठित शीर्ष दुई प्रतिशत विश्वव्यापी वैज्ञानिक सूचीमा स्थान हासिल गर्न सफल भए । सूचीमा नेपालको सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका ७ जना तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र ईसीमोडका २÷२ जना पर्न सफल भएका  छन्, भने काठमाडौं विश्वविद्यालयबाट एक जना पर्न सफल भएका छन् । 

स्ट्यानफोर्ड–एल्सेभियर शीर्ष दुई प्रतिशत वैज्ञानिकहरूको सूची एक वार्षिक ग्लोबल रैंकिंग हो, जसले वैज्ञानिक विषयहरूमा विश्वका सबैभन्दा प्रभावशाली अनुसन्धानकर्ताहरूलाई पहिचान  गर्दछ । यो वार्षिक रैंकिंगले स्कोपस डाटाबेसबाट निकालिएको वैज्ञानिक उत्पादन र बिब्लियोमेट्रिक प्रभाव डेटाको विश्लेषण गर्छ ।

विश्व वरीयतामा परेका नास्टका अनुसन्धानकर्ताको विगत र आगामी तयारी ?

विश्वमा दुई प्रतिशतभित्रको वरीयता प्राप्त गर्न सफल नास्टका अनुसन्धानकर्ता डा. कोइरालाले नेपालका औषधी वनस्पति, जडिबुटी, च्याउ र धेरै जंगली तरकारीहरूमा तिनीहरूको फेनोलिक सामग्री, फ्लेभोनोइड सामग्री, एन्टिअक्सिडेन्ट क्षमता, आरबीसी झिल्ली स्थिरीकरण गतिविधि, साइटोटोक्सिक कार्य, घाउ निको पार्ने, एन्टिपायरेटिक, एन्टि–मधुमेह, एन्टी–क्यान्सर, एन्टिनोसिसेप्टिभ, एन्टि–डिसेप्टिभ, एन्टिअक्सिडेन्ट, एन्टी–डिजिप्टिभ, एन्टि–डायबिटिक गतिविधिहरुमा अनुसन्धान गरेका छन् । 

साथै मानव औषधिको रूपमा तिनीहरूको सम्भावित प्रयोगको लागि प्रमाणहरू प्रदान गर्ने महत्वपूर्ण परिणामहरू डा. कोइरालाको अनुसन्धान टोलीले निकालेको छ । 

उनले आगामी दिनमा अनुसन्धानको दायरा थप विस्तार र गहिराईमा हुने भन्दै नेपालको औषधीय वनस्पति र जडिबुटीमा लुकेको सम्भाव्यताको प्रमाण र अन्तर्राष्ट्रिय अनुसन्धान र आविष्कारमा नेपालको बढ्दो भूमिकातर्फको पाइलाको रूपमा मान्यता पाएको बताए । 

नेपाल चाँडै नै प्राकृतिक उत्पादनमा आधारित फाइटो–फार्मास्युटिकल औषधिको अग्रणी उत्पादक र निर्यातकर्ता बन्ने र देशको अर्थतन्त्रमा परिवर्तन ल्याउने डा. कोइरालाको विश्वास छ । 

उनले बायोग्यास, बायोडिजेल जस्ता वैकल्पिक ऊर्जालाई अनुदान र कृषकमुखी तथा व्यवसायिक नीति तथा योजनामार्फत प्रवद्र्धन गर्न सरकारको भूमिकामा पनि जोड दिएका छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update