News 24 Television
फिन्जो लामाको नेतृत्वमा लबुचे पिक सफल आरोहण

खुम्बु (सोलुखुम्बु) । नेपालको चर्चित हिमालहरू सगरमाथादेखि मनासलु, आमाडब्लाम, मेरा पिक आईस्लेन्डा पिक केटु लगायत चुनौतीपूर्ण हिमालहरू सफलतापूर्वक आरोहण गरिसकेकी प्रख्यात महिला पर्वतारोही फेन्जो लामाको नेतृत्वमा रहेको आरोहण टोलीले बिहिबार बिहान लबुचे पिक (६,११९ मिटर) सफलतापूर्वक आरोहण गरेको छ।

2-1763192043.jpg
फेन्जो लामाको  नेतृत्वमा शेर्पा इभेन्ट अर्गनाइजर संस्थाका संस्थापक अध्यक्ष नुरु शेर्पा अष्ट्रेलियन नागरिक सेमी फ्रेन्च नागरिक एलिस र डावाड थाप्के सहभागी थिए 

अष्ट्रेलियन नागरिक सेमीले  यसअघि सन् २०१८ मा सगरमाथा, मनासलु र आमाडब्लाम मेरा पिक आईस्लेन्ड पिक आरोहण गरिसकेकी थिइन्।

लोकप्रिय लबुचे पिक : खुम्बु क्षेत्रकै आर्कषण

सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमै अवस्थित लबुचे पिक नेपालका अत्यन्त लोकप्रिय ट्रेकिङ–पीकहरूमध्ये एक हो। शिखरको चुचुरोबाट सगरमाथा, ल्होत्से, मकालु, छोयु र आमाडब्लामजस्ता विश्वप्रसिद्ध हिमालहरूको भव्य र नजिकको दृश्य अवलोकन गर्न सकिन्छ।

हरेक वर्ष यहाँ सगरमाथा आरोहण गर्नुअघि तयारीका लागि सयौँ विदेशी तथा राष्ट्रिय आरोहीहरू आउने गर्दछन्। लबुचे पिकलाई सगरमाथाको “training peak” को रूपमा विशेष मानिन्छ।

नुरु शेर्पाले सफल आरोहणबारे खुशी व्यक्त गर्दै भने,“हाम्रो लक्ष्य सुरक्षित र सफल आरोहण हो। फेन्जो लामाको नेतृत्व तथा टोलीको अनुशासनले यस अभियानलाई उत्कृष्ट बनायो।” फिन्जो लामा १३ घन्टा भित्रा सगरमाथा आरोहण गरि बिस्व किर्तिमान कायाम गरिएका छन ।

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update