News 24 Television
जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन : आवास, सहरी पूर्वाधार तथा योजनाबद्ध विकासबारे छलफल

सुनसरी । जग्गा तथा आवास व्यवसायीले आधुनिक सहरी अवधारणालाई व्यवहारिकरुपमा विस्तार गर्ने लक्ष्य लिएका छन् । तीब्र सहरीकरणको चपेटामा पर्दै गएको सुनसरीको इटहरीमा शनिबार सम्पन्न विकास संघको प्रथम अधिवेशन तथा प्रदेश स्तरीय भेलाले आवास, सहरी पूर्वाधार तथा योजनाबद्ध विकासको विषयमा विस्तृत छलफल गरेको हो । 

छलफलले आधुनिक शहरी अवधारणालाई व्यहारिकरुपमा पालना गरेर अघि बढ्ने निर्णय लिएको हो । कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, जग्गा–आवास व्यवसायी तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी नेपाल अर्बान इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले नेपालको द्रूत सहरीकरण, दीगो विकास र आधुनिक शहर निर्माणका लागि आफ्नो भूमिका तथा योजना प्रस्तुत गरेको थियो । 

mukunda-final-1763274345.jpg
कम्पनीले ग्रीन सिटी, स्मार्ट सिटी, डिजिटल सिटी, मेगा सिटी जस्ता आधुनिक सहरी अवधारणालाई नेपालमा व्यवहारिक रूपमा विस्तार गर्दै लैजाने लक्ष्य राखेको छ । भेलामा नेपाल जग्गा तथा आवास विकास महासंघका विष्णु प्रसाद घिमिरे जग्गा कारोबारमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा सहभागीहरुले नेपालको सहरी रूपान्तरणका लागि आवश्यक जग्गा, आवास, पूर्वाधार तथा व्यवसायिक विकासमा नवीन सोच र आधुनिक प्रविधिको प्रयोग गर्दै सहकार्य गर्न तयार रहेको स्पष्ट पारेको छ । सहभागीहरुले योजनाबद्ध शहरीकरण, सुरक्षित आवास प्रणाली, स्वच्छ वातावरण तथा दीगो पूर्वाधार विकासमा संघले देखाएको सक्रिय भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्न सुझाव दिए । 

कार्यक्रमको समापनमा संघका पदाधिकारीहरूले नियमित रूपमा प्रदेशस्तरीय समन्वय, नीतिगत सुझाव तथा सहरी विकाससम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । 

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update