सुनसरी । जेनजी आन्दोलन सकिएको दुई महिना पुरा भइसक्यो । आन्दोलनले भौतिक संरचनामा पु¥याएकोे क्षतिको आकलन धेरै छ । जेनजी आन्दोलनको क्रममा ध्वस्त बनेको सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयलाई सरसफाईदेखि व्यवस्थापनमा उचित ध्यान दिन नसक्दा सेवाग्राहीको मनोविज्ञानमाथि नै असर पर्ने खतरा बढन् थालेको छ ।
जहाँ जेनजी आन्दोनका क्रममा उपमहानगरका सबै सवारी साधन जलेर ध्वस्त बनेका थिए । आन्दोलन सकिएको दुई महिनासम्म समेत महानगर परिसरमा रहेको फोहोरको व्यवस्थापनदेखि जलेका संरचनालाई सुरक्षित गर्दै सेवा प्रवाहमा ध्यान दिन नसक्दा सेवाग्राहीको मनोविज्ञानमा नै गम्भीर असर पर्ने खतरा देखिन्छ ।
जेनजी आन्दोलनको क्रममा उपमहानगरपालिकाको गेट नजिकै दुई युवाले ज्यान गुमाएको दृश्यलाई ताजा बनाउने काम यीनै संरचनाले गरिरहेका छन् ।
उसोतः आन्दोलनपछि बसेको कार्यालयलिका बैठकमा तत्काल कार्यालय परिसर सफाई गर्नुपर्ने सदस्यहरुको माग मेयर हेमकर्ण पौडेलले कार्यान्वयन नगरेको आरोप लागिरहेको छ ।
उपमहानगरले क्षतिग्रस्त कार्यालयको १० करोड बढीको क्षतिको मुचुल्का तयार पारेर विवरण सरकारलाई पठाइसकेको छ । तर उपमहानगर यसरी कार्यालय परिषरमा ध्वस्त संरचना र सवारी साधन हटाउनतर्फ चासो नदिएको सेवाग्राही बताउछन् ।
आन्दोलनको क्रममा दमकल समेत जलेर नष्ट भए । अहिले उपमहानगरसंग दमकल समेत छैन् । यस्तोमा उपमहानगरले बजेट अभाव समेत झेलिरहेको देखिन्छ ।
यता इटहरी उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख सन्जिब खड्का भने पहिलो चरणमा कार्यालयमा जलेका सामाग्रीहरुको संकलन र सफाइ थालिएको बताउछन् । सरसफाईपछि मात्र कानुनि प्रकृया मिलाएर सबारी साधनको हटाइने खड्काको भनाई छ । दमकल खरिदको बिषयमा भने उपमहानगरका कोही पनि कर्मचारीले जवाफ दिन चाहेनन् ।
यता सुनसरीको कोशी गाउँपालिका समेत आन्दोलनले ध्वस्त भएपछि नयाँ कार्यालय निर्माणको काममा जुटेको छ । केही कागजात र एउटा दराज बाहेक सबै ध्वस्त भएको गाउँपालिका अहिले जमुवा नजिक निर्माणको क्रममा छ । कर्मचारी निर्माणाधिन भवनमै बसेर सेवा दिइरहेका छन् । तर, केही सेवाहरु प्रभाबित बनेका छन् ।
कोशी गाउँपालिका आगजनी हुदा करिब एक करोड बढीको क्षतिको दाबी गरिएको छ । जेनजी आन्दोलनको क्रममा गम्भीर क्षति ब्यहोर्न पुगेका सरकारी कार्यालयहरुको निर्माण समयमै सम्पन्न गर्दै सेवा प्रवाहलाई चुस्त बनाउन आवश्यक छ । जनप्रतिनिधिदेखि सरोकारवाला निकायले समेत जनतासंग प्रत्यक्ष जोडिने विषयमा निर्णय गर्न ढिला गर्नु उपर्युक्त देखिन्न ।
