सिटिजन्स बैंकद्वारा भीमसेन मन्दिरको गुठी व्यवस्थापन समितिलाई रु ५१ हजार सहयोग
दोलखा । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दोलखा जिल्लामा अवस्थित दोलखा भीमसेन मन्दिरको गुठी व्यवस्थापन समितिलाई रु ५१ हजार सहयोग प्रदान गरेको छ ।

हिमपर्वत हाइडोपावर लिमिटेडद्वारा प्रवर्दित दोलखा जिल्लाको बिगु गा.पामा रहेको सागु खोला जलविद्युत आयोजना निरिक्षणको क्रममा सिटिजनन्स बैंकको तर्फवाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सो सहयोग रकम प्रदान गरेका हुन् ।

सहयोग प्रदान कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजेन्द्र लाल श्रेष्ठ, प्रमुख ईन्फास्ट्रक्चर, कन्सोर्टियम तथा कर्पोरेट बैंकिङ्ग अफिसर रोशन मल्ल र हिमपर्वत हाइड्रोपावर लिमिटेडका अध्यक्ष हिमाल गुरुङ्गको उपस्थिति थियो । दोलखास्थित भीमसेन मन्दिर नेपालकै प्रसिद्ध धार्मिकस्थल हो ।
प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२ १५:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
