काठमाडौं । एमाले भोलन्टियर युथफोर्स गठनका लागि तयारीमा जुटेको छ । केपी ओलीलाई राखेर फोर्स गठनको तयारीमा जुटेको एमाले बारा जानेक्रममा भएको घटनाले थप आक्रोशित बन्न पुगेको छ भने एमाले नेताहरुले सरकारमाथि प्रश्नमात्रै गरेका छैनन्, सडकबाटै प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य पार्ने भनिरहेका छन् । के एमालेले निर्वाचन आयोगमा दल दर्तासंगै अर्को सरकार गठनको अभ्यासमा जुट्ने प्रयासलाई जोड दिन थालेको हो ?
एमाले संसद पुनस्र्थापनाको मागसहित अदालत जाने गरि कमाण्डर तोकिसकेपछि नेश्नल भोलिन्सियर्स गठनमा जुटेको छ । मंसिर ६ गतेका लागि प्रदर्शनमा उत्रिन लागेको एमालेले मंसिर ५ मा भोलन्टियर्स गठन गर्ने र एमाले अध्यक्ष केपी ओलीले यसको औपचारिक उद्घाटन गर्ने भनिरहेको छ । यस्तोमा यो प्रक्रियाको नेतृत्व गरिरहेका एमाले नेता महेश बस्नेतले बारा जान नपाएपछि काठमाडौंमै एक पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारमाथि आक्रोश पोखेका छन् ।
आफ्ना विश्वासपात्र महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बारा जान नपाएपछि सरकारले चुनाव गराउने मनशाय नै नदेखाएको भन्दै अध्यक्ष केपी ओलीले सरकारमाथि प्रश्न गरिरहेका छन् ।
ेले ५ गते नेश्नल भोलिन्टियर फोर्स नेपाल गठन गर्ने जनाएको छ । त्यसभन्दा अगाडी माइतिघरबाट बानेश्वरसम्म शान्तिपूर्ण ¥याली गर्ने बताएको छ । तर हालसम्म पनि प्रशासनले अनुमति दिएको छैन । अनुमति नदिए पनि काठमाडौंमा कार्यक्रम हुने एमाले नेता महेश बस्नेत बताउँछन् ।
अहिले एमालेले गठन गर्न लागेको फोर्स् कस्तो हो ?
एमालेले गठन गर्न लागेको नेश्नल भोलिन्टियर फोर्स कस्तो खालको हो भन्नेमा धेरैको चासो छ । एमाले नेता महेश बस्नेताको संयोजकत्वमा समिक बडाल लगाएतका नेताहरु फोर्स् गठनका लागि कार्यदलमा रहेका छन् ।
कार्यदलमा रहेका एमाले नेता समिक बडालका अनुसार अहिले गठन गर्न लागेको फोर्समा एक सय जना सदस्य रहने छन् । यसलाई युवा विद्यार्थी संगठन जस्तै भातृ संगठन मानिने छ । यो फोर्स्ले नेताहरुको सुरक्षा गर्ने देखि, श्रमद्धान गर्ने सम्मको काम गर्ने छ ।
शान्तिपूर्ण ढंगले मंसिर ५ र ६ गतेको कार्यक्रम हुने र त्यसमा पनि बारमा जस्तै घुसपैठ सरकारले नै रोक्नु पर्ने एमाले नेताहरु बताउँछन् । ५ गते काठमाडौंमा हुने कार्यक्रम कसैले बिथोल्न खोजे त्यसको जिम्मेवारी सरकारले नै लिनु पर्ने कार्यदल सदस्य बिनिता काफ्लेको भनाइ छ ।
जनेजी आन्दोलन पछि सत्ताच्यूत भएको एमालेले नेताहरुलाई समुदायमा निस्किन सक्ने वातावरण निर्माण गर्न खोजी रहेको छ । अहिले गठन गर्ने फोस्ले रचनात्मक काम र स्वएंम्सेवीको काम गर्नेछ । नेतामाथि हुने आक्रमणको रक्षा पनि गर्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको भनाइ छ ।
राजनीतिक रुपमा पछिल्लो समय देखिएका संकटहरुलाई आफ्नो पक्षमा पार्ने गरि संगठन निर्माणको प्रयासमा जुटेको देखिन्छ । राष्ट्रिय युवा संघ हुँदाहुँदै गठन गर्न लागिएको अर्को फोर्सले पार्टीको छविमा समेत सुधार ल्याउने अपेक्षा नेतृत्वमा देखिन्छ । यद्यपी सरकार भर्सेस एमालेको स्थिति बन्दा तोकिएको समयमै निर्वाचन सम्पन्न होला ? प्रश्न भने कायमै छ ।
