भारतका बैंकमा अब नेपालीले नागरिकता वा पासपोर्टबाट खाता खोल्न सकिने
काठमाडौं । अब भारतमा रहेका नेपालीहरूले नेपालको नागरिकता वा पासपोर्ट देखाएर सजिलै खाता खोल्न सक्ने भएका छन् । नेपाली समाज भारतको पहलमा भारतमा अब नेपाली समुदायहरूले नेपाली नागरिकतार पासपोर्टले भारतीय बैंकमा खाता खुल्ने छ ।
यो सँगै भारतमा रहेका नेपालीहरूका लागि सहज हुने भन्दै नेपाली समाज भारतका महासचिव आरबी खड्काले सहयोगको लागी इंडियन बैंक र नेपाली राजदूतावासलाई बिशेष धन्यवाद दिएका छन् ।
नेपाली समाज भारतले रोजगारी,अध्ययन र उपचारका लागि भारतमा रहँदा बैंकमा खाता नहुँदा समस्या परेको भन्दै समाधानका लागि निरन्तर पहल गरिरहेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२ १५:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
