पर्सा । हेल्भेटास नेपालले वीरगञ्जको बुध इङ्क्युबेसन सेन्टरसँगै सहकार्यमा मधेश र कर्णाली प्रदेशका २२ जना उद्यमीहरुलाई स्टार्टअप वातावरणलाई सुदृढ बनाउन बुट क्याम्प आयोजना गरेको छ । क्याम्पमा उनीहरूले नयाँ सिपमात्रै सिकेन्न, आईडिया पिचिङमाफर्त सफल लगानीकर्ताहरुको साथ पनि पाएका छन् ।
नेपाल सरकारको कमजोर आर्थिक नीतिका कारण लगानी गर्ने वातावरण नभएको भन्दै प्रत्येक वर्ष लाखौँ युवाहरु रोजगारीको सिलसिलामा विदेशिदै छन् । तर, मधेश र कर्णाली प्रदेशका जनता भने उद्यम क्षेत्रमा फड्को मार्दैछन् ।
अहिलेको स्टार्ट–अप युगमा सानो व्यवसाय भएपनि आफ्नै गर्नुपर्ने मानसिकता बाकेर युवाहरु उद्यम क्षेत्रमतर्फ अग्रसर हुँदैछन्, जसले आत्मनिर्भता, रोजगारी सृजना गरि मुलुकको अर्थतन्त्रलाई सहयोग पु¥याउदै आएको छ । यद्यपि, साना व्यवसायको बजार पहुच सीमित, सिपको अभाव, व्यवसायिक मार्गदर्शनको कमीका कारण उनीहरुले आफनो व्यवसायलाई थप अघी बढाउन सकेको छैन् ।
यही अभावलाई पूर्ति गर्न हेल्भेटास नेपालले बीरगञ्ज पब्लिक कलेज अन्तरगत बुद्ध इङ्क्युबेसन सेन्टरको सहकार्यमा ईनईलम परियोजना अन्तरगत मधेश र कर्णाली प्रदेशका २२ जना साना उद्यमीहरुलाई ‘उद्यमी सशक्तिकरण र लगानीकर्ता प्रोत्साहन’ सम्बन्धी ४ दिने बुटक्याम्प आयोजना गरेको थियो ।
जसमा उनीहरुलाई अनुभवी प्रशिक्षकहरुद्वारा उत्पादनलाई नियार्तमुखी बजारमा लैजाने र व्यवसाय विस्तार, वित्तीय व्यवस्थापन तथा फाईनान्सिङ सम्बन्धी प्रशिक्षण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेशको च्याउ, मह, ड्रागन फ्र्ुट, मोरिंगा उत्पादनदेखी मधेशको माटोको भाडा, डेरी प्रोडक्ट उत्पादन गर्ने उद्यमीहरुले सहभागिता जनाएका थिए ।
उनीहरुले नेपालका सफल लगानीकर्ता सामू आफ्नो व्यवसाय मोडल प्रस्तुत गर्दै बजारको सम्भावना र लगाानीको आवश्यकताका बारेमा पिच गरेका थिए । २२ जना उद्यमीले गरेको पिचिङ मध्ये ५ आईडियालाई लगानीकर्ताको प्रस्ताव आएको छ । यो बुटक्याम्प मार्फत आफ्नो व्यवसाय बढाउन लगानीकर्ता पाएकोमा साना व्यवसाय उद्यमी खुसी छन् ।
२२ जना उद्यमीमध्ये पर्साका ३, सुर्खेतका २ जना गरि ५ जना छनौट भएका हुन् । नेपालमा नविन र रचनात्मक आईडिया भएपनि लगानी र आवश्यक सिपको अभावका कारण साना उद्यमीहरुले आफ्नो व्यवसायलाई उकास्न नसकेको लगानीकर्ताहरु बताउँछन् । सम्भावना बोकेको उद्योगलाई सहकार्य गरेर मात्र अघि बढ्न सक्ने उनीहरुको भनाई छ ।
पछिल्ला वर्षहरुमा बैक तथा वित्तीय संस्थाहरुले समेत साना उद्यमीहरुलाई मध्यनजर गर्दै कर्जाको सुविधा दिँदै आएको छ । तर उद्यम क्षेत्रमा लगानीको सन्दर्भमा बैंकिङ प्रणाली सकस हुने गरेको उद्यमीहरुको गुनासो छ ।
व्यापार व्यवसायको पारदर्शिता भए बैंकले सहजै लगानी गर्ने ग्लोबल आईएमई बैंकका एसएमई तथा रिेटेल म्यानेजर सुमित ढुंगेलले बताए ।
इङ्क्युबेसन सेन्टरले जारी गरेको गुगल फर्ममार्फत करिब १ सय भन्दा बढीले बुटक्याम्पमा सहभागी हुन आवेदन दिएका थिए । बुटक्याम्पमा सहभागी उद्यमीहरुको व्यवसायको पछिल्लो अवस्था, थप आवश्यकता लगायत विभिन्न आर्थिक तथा व्यवसायिक पक्षहरुको निरन्तर विवरण संकलन गर्ने र मार्गदर्शन गर्ने कार्य जारी राख्ने बुद्ध इङ्क्युबेसन सेन्टरका संयोेजक डा. बासु कर्ण बताउँछन् ।
खासगरी गाम्रीण भेगमा सम्भावना बोकेको साना उद्यमीहरुको उद्यशीलता विकासमा परियोजनाले काम गर्दै आएको छ । मुलुकमा दीगो आर्थिक विकास र युवाहरुलाई उद्यम क्षेत्रमा सहभागी गराउन शैक्षिक संस्था, निजी क्षेत्रको सहकार्यमा आवश्यक रहेको हेल्भेटास नेपालका ईनईलम परियोजनाका प्रमुख सन्दीप पौडेल बताउँछन् ।
हालसम्म १७ सय भन्दा बढीले यस परियोजना अन्तरगत व्यवसायिक सिप सिकेर आफ्नो उद्यम विस्तार गरिरहेको पौडेलको भनाई छ ।
नेपालको कुल ग्राहस्थ उत्पादनमा साना तथा मझौला उद्योगको २२ प्रतिशत योगदान छ । यद्यपि साना उद्योगीहरुको समस्यामा राज्यको खासै चासो भएको देखिँदैन । यसले पनि साना व्यवसायी नेपालमा फस्टाउन सकिरहेका छैनन् ।
