वीरगञ्जमा परीक्षा रद्द, विद्यार्थीले गरे नाराबाजी
सोमबार, चैत ९, २०८२
वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञाबिच विभिन्न ठाउँहरुमा प्रदर्शन जारी
सोमबार, पुस २१, २०८२
वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी भएपनि विभिन्न ठाउँहरुमा प्रदर्शन जारी छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा दुई समुदायबिच बढ्दै गएको प्रदर्शनका कारण सम्भावित घटनालाई मध्य नजर गर्दै निषेधाज्ञा जारी गरेको थियो । वीरगञ्ज महानगरपालिकाको पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकाराचार्य गेट गरी ४ स्थानमा...
नगरपालिकाले टहरा भत्कायो, सिडियोलाई उजुरी
बुधबार, पुस २, २०८२
वीरगंजको घण्टाघर नजिकै बीपी उद्यानको जग्गामा अव्यवस्थित रुपमा वर्षौदेखि संचालनमा रहेको बजार महानगरपालिकाले खाली गराएपछि तरकारी व्यापारीहरु आक्रोशित बनेका छन् । उद्यानको जग्गामा तरकारी बजार सञ्चालनको नाममा अनधिकृत रुपमा रहेका संरचनाहरु हटाइएपछि तरकारी व्यापारीहरु आक्रोशित भएका हुन् ।
च्याउदेखि ड्रागन फ्रुटसम्म : ५ उद्यमीलाई लगानीकर्ताको साथ
सोमबार, मंसिर ८, २०८२
हेल्भेटास नेपालले वीरगञ्जको बुध इङ्क्युबेसन सेन्टरसँगै सहकार्यमा मधेश र कर्णाली प्रदेशका २२ जना उद्यमीहरुलाई स्टार्टअप वातावरणलाई सुदृढ बनाउन बुट क्याम्प आयोजना गरेको छ । क्याम्पमा उनीहरूले नयाँ सिपमात्रै सिकेन्न, आईडिया पिचिङमाफर्त सफल लगानीकर्ताहरुको साथ पनि पाएका छन् ।
दशैंको रौनकले वीरगञ्ज धपक्कै ! दर्जनौं शक्तिपिठमा हजारौंको भीड
बिहीबार, असोज ९, २०८२
हिन्दुहरुको महान पर्व वडादशैँ शुरु भएसँगै वीरगञ्जका विभिन्न शक्तिपिठहरुमा भक्तजन तथा दर्शनार्थीहरुको घुईचो लागेको छ । शक्तिको प्रतिक मानिने माता भगवतीको पूजाआजाका लागि पर्सा, बारालगायत छिमेकी मुलुक भारतबाट समेत ठूलो संख्यामा भक्तजनहरु आउने गर्छन् । श्रद्धालुहरुको भिडभाडले वीरगञ्जका शक्तिपिठहरुमा भक्तिमय वातावरण बनेको छ । यता चाडपर्व शुरु भएसँगै जिल्लाका विभिन्न...
जेन–जी आन्दोलन : पर्सामा क्षतिको ग्राफ अर्बौँको
बिहीबार, असोज २, २०८२
जेन–जी आन्दोलनमा पर्सामा मात्रै पनि अर्बाैको क्षति भएको छ । आन्दोलन हिसांत्मक बनेपछि देशभरिका सरकारी तथा निजी संरचनाहरुमा आगजनी तथा तोडफोड हुँदा एक पलमै अर्बौंको धन क्षति भयो ।
क्षणभरमै ध्वस्त वीरगञ्ज, अहिले कस्तो छ अवस्था ?
शनिबार, भदौ २८, २०८२
जेन–जीको आन्दोलनका क्रममा तोडफाड तथा आगजनीका कारण पर्साको वीरगञ्ज महानगरपालिका कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । कार्यालय भवन क्षति हुनुका साथै सरसामानहरु समेत लुटपाट हुँदा वीरगञ्ज महानगरपालिकालाई करोडौँको नोक्सानी भएको छ, भने सबै महत्वपूर्ण कागजातहरु पनि जलेर नष्ट भएका छन् ।
पानी नपरे पछि किसान देवीदेवताको शरणमा
आइतबार, साउन ११, २०८२
पर्सा लगायत तराई क्षेत्रमा जमिनमुनीको पानी सुक्दा स्थानीयहरुको जनजिवन प्रभावित भएको छ । वर्षायाममा मुलुकको अन्य भागमा वर्षा भएपनि तराई क्षेत्रमा पानी नपर्दा पानीको चरम अभाव सृजना भएको हो ।
वीरगञ्जमा गहवामाईको तेश्रो रथयात्रा निकालियो
शुक्रबार, असार १३, २०८२
वीरगञ्जमा सांस्कृतिक तथा एतिहासिक गवाई माईको तेश्रो रथ यात्रा भव्यताका साथ सम्पन्न भएको छ । शक्तिपिठ गहवामाई मन्दिरको १३ वर्ष पूरा भएको उपलक्ष्यमा वीरगञ्जमा रथयात्रा निकालिएको हो ।
श्री गहवामाई तिर्थ विकास समितिको आयोजनामा शुक्रबार बिहान निकालिएको रथ यात्रामा हजारौँ भक्तजनहरुको सहभागिता रहेको थियो । रथयात्रामा बारा, पर्सालगायत छिमेकी मुलुक...
स्थानीय सरकारले गरे बजेट प्रस्तुत, वीरगञ्जको प्राथमिकतामा डिजिटल सेवा
बुधबार, असार ११, २०८२
वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ । वीरगन्ज महानगरपालिकाको नगरसभाको १७ औं अधिवेशनमा महानगरका उपमेयर इम्तियाज आलमले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।
वीरगञ्जमा कोरोना चेकजाँच कडा, स्वास्थ्यकर्मी नै समस्यामा
बिहीबार, जेठ २९, २०८२
भारतमा कोरोना संक्रमण बढ्दै गएपछि पर्साका सीमानाकाहरुमा सतर्कता अपनाउन थालिएको छ । खुल्ला सीमाका कारण कोरोना संक्रमितहरु सहजै प्रवेश गर्न सक्ने भन्दै हेल्थ डेस्कमा खटेका स्वास्थ्यकर्मीहरुले सिमानाकाबाट आवतजावत गर्नेलाई कडाईका साथ चेकजाँच गरिरहेका छन् । तर, परीक्षण गर्ने साधन नै अभावका कारण जाँचकर्ता स्वयंम जोखिममा रहेका छन् ।
वीरगञ्जमा शंखधर शाख्वा पार्क सञ्चालनमा
आइतबार, जेठ २५, २०८२
बालबालिकाहरुको खेलकुद गतिविधिका लागी पार्कको आवश्यकतालाई मध्यनजर गर्दै निर्माण गरिएको उक्त पार्कको शनिबार संघीय खानेपानी मन्त्री प्रदिप यादवले उद्धाटन गरेका थिए ।
वीरगञ्जका मुस्लिम समुदायले बकर इद पर्व मनाउँदै
शनिबार, जेठ २४, २०८२
वीरगञ्जमा मुस्लिम धर्मावलम्बीहरुले दोश्रो महान पर्व बकर ईद हर्षोउल्लासका साथ मनाउँदै छन् । रमाजनको ७० औँ दिनमा मनाईने बकर ईद पर्वमा बिहानै स्नान गरी नजिकको मस्जिद वा इदगाहमा गई सामूहिक रुपमा नमाज पढ्नुका साथै एकअर्कालाई अंकमाल गरेर एकापसमा खुशीयाली साटासाट गर्ने गर्छन् ।
नारायणी रंगशाला बजेटमा समेटिएन, स्थानीय आक्रोशले मुर्रमुर्र !
सोमबार, जेठ १९, २०८२
सरकारले मुलुककै दोश्रो ठुलो रंगशालाको रुपमा चिनिने वीरगञ्जस्थित नारायणी रंगशालालाई वाईपास गरेको भन्दै आक्रोशहरु बढ्न थालेका छन् ।
ओजीई संस्थाद्वारा जनचेतनासम्बन्धी कार्यक्रम सम्पन्न
शनिबार, जेठ १७, २०८२
हाम्रो हरियो वातावरण संस्था (ओजीई)ले वीरगञ्जमा विधार्थीहरुका लागी ट्राफिक सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।
वीरगन्जको विवाद साम्य पार्न ५ बुँदे सहमति
आइतबार, चैत ३१, २०८१
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आर्यालको अध्यक्षतामा बसेको सर्वदलीय बैठक ५ बुँदे सहमति गर्दै टुंगिएको छ l
वीरगञ्जमा शुरु भयो ३ दिने रात्रिकालीन बजार, भारतबाट पनि किनमेलका लागि घूइँचो
आइतबार, चैत ३१, २०८१
पर्साको वीरगञ्ज महानगरपालिकामा तेश्रो पटक ३ दिने रात्रि बजार संचालनमा आएको छ । नयाँ वर्ष २०८२ लाई लक्ष्ाित गर्दै वीरगञ्ज महानगरपालिकाले शुक्रवारदेखि रात्री बजारको आयोजना गरेको हो ।
पर्साका कालिकामाई गाउँपालिकामा ३० जना विद्यार्थी बेहोस
सोमबार, फागुन १९, २०८१
कालिकामाई गाउँपालिका वडा नम्बर ४ कटिबलुवाको विद्यालयका विद्यार्थीहरु अचानक बेहोस भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धिरज कुमार साहले जानकारी दिए ।
नारायणी अस्पतालमा बिग्रिएका मेसिन मर्मतमा आविष्कार केन्द्र सक्रिय
शनिबार, पुस २०, २०८१
राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जस्थित नारायणी अस्पतालमा थन्किएको स्वास्थ्य उपकरणहरुको मर्मत गरेको छ । लामो समयदेखि अस्पतालमा प्रयोगबिहीन अवस्थामा रहेका ६० वटा स्वास्थ्य उपकरणहरुको मर्मत गरिएको हो ।
गढीमाई मेलामा हराएका आफन्त खोज्न उपसमितिको सक्रियता
सोमबार, मंसिर २४, २०८१
गढीमाई मेलामा करिव १ करोड भक्तजन तथा दर्शनार्थिहरुको सहभागिता आंकलन गरिएको छ । ठूलो संख्यामा मानिस जम्मा हुँदा महिला तथा बालबालिकाहरु अलपत्र पर्न सक्ने भन्दै बाराको महागढीमाई नगरपालिकाले विभिन्न संघसंस्थाको सहयोगमा पारिवारिक पुनर्मिलन गराउने कार्य गर्दैछ ।
