काठमाडौं । अल्टिमाको एक नम्बर अडियो र वेरेबल्स एक्सेसोरीज ब्राण्ड अल्टिमा लाइफस्टाइलले १२.१२ क्याम्पेन घोषणा गरेको छ । जसअन्तर्गत ब्राण्डले तीन नयाँ उत्पादन लन्च गर्दै सम्पूर्ण उत्पादनमा आकर्षक छुट र अफरहरु उपलब्ध गराउने भएको छ । यो क्याम्पेन डिसेम्बर १२ देखि १८ सम्म विभिन्न आधिकारिक प्लेटफर्महरुमा संचाल हुनेछ । ग्राहकहरुले क्याम्पेन अवधिभर भारी छुट र अन्य रोमाञ्चक अफरहरु उपभोग गर्न पाउनेछन् ।
११.११ अफर छुटाएका ग्राहकहरुका लागि यो क्याम्पेनले पुनः एक ठूलो मौका प्रदान गर्दछ । जहाँ उनीहरुले आफ्ना मनपर्ने अल्टिमा उत्पादनहरु अत्यान्तै आकर्षक मूल्यमा किन्न सक्नेछन् । यसवर्ष अल्टिमाले दुई मुख्य क्याटोगरीमा तीन नयाँ उत्पादनहरु बजारमा ल्याउँदैछ । इयरबड्स क्याटोगरीमा अल्टिमा एटोम बुड्स २ र पावर बैंक क्याटेगोरीमा अल्टिमा बड्स् २० के अल्ट्रा म्याक्स तथा अल्टिमा बुस्ट २० के मिनी यी प्रत्येक उत्पादन आफ्नो विशेष फिचरसहित अत्यन्तै प्रतिक्षित लन्चमध्ये पर्दछ ।
अल्टिमाका तीन नयाँ रोमाञ्चक लन्च
अल्टिमा लाइफस्टाइलले प्रदर्शन, सुविधाजनक प्रयोग र स्टाइलको परिपूर्ण संयोजन प्रदान गर्ने तीन नयाँ उत्पादनहरु प्रस्तुत गरेको छ । सबैभन्दा अगाडी अल्टिमा एटम बड्स् २ ,जसमा १२० घण्टाको विशाल व्याकअप, अल्टिमा लिंक एप स्पोर्ट, र दुई डिभाइसमा सहज रुप्मा स्वीच गर्न मिल्ने मल्टिपोइन्ट कनेक्टिभिटीजस्ता विशेषताहरु छन् ।
पावर बैंकक्याटेगरीमा अल्टिमा बुस्ट २० के अल्ट्रा म्याक्स ले १०० वााट सम्मको पावर आउटपुट, व्याट्री प्रतिशतलाई र चार्जिङ स्पीड देखाउने स्मार्ट एलइडी डिस्प्ले र टाइप सी समर्थित ल्यापटप चार्जिङ स्पोर्ट प्रदान गर्छ । यसलाई एक साँच्किै अल इन वालन पावर सोलुसन बनाउँदै । यसै समूहलाई पूरा गर्दै अल्टिमा बुस्ट २० के मिनी २२.५ वाट फास्ट चार्जिङ, तीन आकर्षक रंगहरु र बिल्ट–इन टाइप सी तथा लाइटिङ केवल जसले ल्यान्यार्डको रुपमा पनि कामसहितको कम्प्याक्ट, पोर्टेबल पावरबैंक हो । यी तीनै उत्पादनहरुको अल्टिमा को जीवनशैली अनुकुल, उपभोक्ता केन्द्रीत र नवप्रवर्तनसीत टेक्निकोलोजी प्रवद्र्धनगर्ने यात्रामा महत्वपूर्ण योगदान पु¥याउँछन् ।
