News 24 Television
Royal Enfield को Hunter 350 नयाँ रङ, फिचर र शैलीसहित नेपाली बजारमा

काठमाडौँ । Mid-Size मोटरसाइकल समूह (२५०–७५० सीसी) मा विश्वकै अग्रणी ब्रान्ड Royal Enfield ले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर मोडेल Hunter 350 को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ। विश्वका प्रख्यात सहरका ‘कुल’ जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन तथा सहज एर्गोनोमिक डिजाइन सहितको यस BS VI नयाँ Hunter 350, 2025 Edition कम्पनीले सोमबार काठमाडौंमा प्रस्तुत गरेको हो।

नयाँ Hunter 350 मा Rio White, Tokyo Black, London Red र Graphite Grey गरी चार ‘स्ट्रीट–इन्स्पायर्ड’ रङ उपलब्ध छन्। कम्पनीका अनुसार यीमध्ये तीन रङ विश्वका सांस्कृतिक पहिचान सम्बन्धी प्रतीकहरूबाट सिर्जित अवधारणामा आधारित छन् — Rio का सेता तट, London का राताका ‘ब्रिक लेन’ र Tokyo का रातो–कालो शहरी सडकका Graphite Grey ले मोटरसाइकललाई ‘स्टेल्थ’ लुक र दमदार उपस्थिति प्रदान गर्ने दाबी गरिएको छ।

यस संस्करणमा Slip Assist Clutch जडान गरिएको छ, जुन कम्पनीको 350–सिसी मोडेलमा पहिलोपटक प्रयोग भएको सुविधा हो। साथै, परिमार्जित पछाडिको सस्पेन्सन, बढेर १६० एम एम ग्राउण्ड क्लियरेन्स, सुधारिएको सीट, Dual Channel ABS, LED हेडलैम्प तथा एर्गोनोमिक डिजाइनले समग्र सवारी अनुभव सहज बनाउने र ट्रिप नेभिगेटर अप्सनको रुपमा थप गरिएको छ।

Hunter 350 मा प्रयोग गरिएको 349 cc J-series इन्जिन ले शहरी सडकको दैनिकीमा चुस्ती र सहजता प्रदान गर्ने दाबी गरिएको छ। सन् २०२२ मा पहिलोपटक बजारमा आएको यो मोडेलले हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडर जोडिसकेको कम्पनीले जनाएको छ।

Royal Enfield का प्रमुख कमर्सियल अधिकृत श्री यादविन्दर सिंह गुलेरिया भन्छन्,
“नेपालमा मोटरसाइकल दैनिकीसँगै जीवनशैलीकै हिस्सा बनेको छ। युवा पुस्ताको ऊर्जा र शहरी गतिलाई ध्यानमा राखेर हामीले नयाँ Hunter 350 ल्याएका हौँ। यो नेपालका जीवन्त शहरी सडकका लागि पूर्णतः उपयुक्त मोडेल हो।”


नयाँ Hunter 350 को नेपाली बजार मूल्य यसप्रकार रहेको छ।

•    Single Tone: Rio White, Dapper Grey र Graphite Grey — रु ४,९४,९००
•    Dual Tone: Tokyo Black, London Red र Rebel Blue — रु ४,९९,९००
कम्पनीले देशभरका आफ्ना शोरुममा बुकिङ र टेस्ट–राइड खुला रहेको जनाएको छ।
थप जानकारीको लागि: [email protected]

Royal Enfield को बारेमा

Royal Enfield संसारकै सबैभन्दा पुरानो निरन्तर उत्पादनमा रहेको मोटरसाइकल ब्रान्ड हो, जसले सन् १९०१ देखि मोटरसाइकल निर्माण गर्दै आएको छ। ब्रिटिश इतिहास बोकेको यस ब्रान्डले १९५५ मा भारतमा स्थापना भएको उत्पादन केन्द्रसँगै मध्यम क्षमताका मोटरसाइकलको विकासमा महत्वपूर्ण अग्रता हासिल गरेको छ। कम्पनीको ‘Pure Motorcycling’ भन्ने मुख्य सिद्धान्त नै यसको ब्रान्ड पहिचान निर्माण गर्ने आधार बनेको छ ।

Royal Enfield का प्रिमियम मोटरसाइकलहरूमा Bear 650, Classic 650, Guerrilla 450, Hunter 350, Meteor 350, Super Meteor 650, Interceptor 650, Continental GT 650, Shotgun 650, Himalayan 450, Scram 440 ADV Crossover, साथै प्रतिष्ठित Bullet 350, Classic 350 र Goan Classic 350 समावेश छन्। कम्पनीले हालै क्लासिक डिजाइन र आधुनिक शहरी गतिशीलता प्रविधि संयोजन गरिएको नयाँ सिटी+ मोटरसाइकल ब्रान्ड ‘Flying Flea’ सार्वजनिक गरेको छ।

यस ब्रान्डले गोवामा आयोजना गरिएको Motoverse (पहिलेको Rider Mania) तथा कठिन तथा उच्च हिमाली भू–भाग पार गर्दै यात्रा गरिने Himalayan Odyssey जस्ता कार्यक्रम मार्फत विश्वव्यापी मोटरसाइकल समूदायलाई निरन्तर रूपमा जोडिरहेको छ।

Eicher Motors Ltd. अन्तर्गत सञ्चालन हुने Royal Enfield ले भारतभर २,००० भन्दा बढी स्टोर तथा विश्वका ६५+ देशमा करिब ८५० स्टोरमार्फत सेवा प्रदान गर्छ। कम्पनीका अत्याधुनिक दुई उत्पादन केन्द्रहरू चेन्नई नजिकै Oragadam and Vallam Vadagal मा अवस्थित छन्। विश्वभर, रोयल एनफिल्डका आधुनिक सात वटा CKD Assembly सुविधाहरू बंगलादेश, नेपाल, ब्राजिल (२), थाइल्यान्ड, अर्जेन्टिना र कोलम्बियामा रहेका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update