News 24 Television
सडकमा छोडिन्छन् एम्बुस जस्ता सामान ! स्थानीयले आँखै गुमाए

कैलाली । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ मा मुख्य सडकबाट पवित्र बस्ती प्रवेश गर्ने बाटो दुई वर्ष देखि अलपत्र हुँदा स्थानीयहरु समस्यामा परेका छन् । सरिया विछ्याएर नाली निर्माण नगरेपछि स्थानीयलाई चोट पटक लाग्नुका साथै घर जान पनि समस्या भोग्नु परेको छ । कतिसम्म भने अस्तव्यस्त रुपमा बाटोमा छोडिएका सरियाले चोट लाग्दा आँखा नै गुमाउनु परेको छ, स्थानीयले । 

बाटोमै अलपत्र छोडिएका सरिया अनि भद्रगोल निर्माण सामग्रीले गर्दा कञ्चनपुरको कृष्णपुरवासी चोटपटकको जोखिममा रहेका छन् । एक स्थानीयले त सरियाले चोट लाग्दा आँखा नै गुमाउनु परेको छ । २०७९ बैशाख २ गते कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ पुर्व पश्चिम राजमार्ग बाट पवित्र बस्ती जाने सडक निमार्णको जिम्मा महरा कन्सट्रसनले लियो । 

११ करोड ८७ लाख २५ हजारमा नाली सहित कालोपत्रे सडक निमार्णको जिम्मा लिएको केही महिना काम गरेर आधा काम गरेर छोडिदियो । सोही नाली सहितको सडक निमार्ण कम्पनीले २०८२ असोज २० गते सम्म निमार्ण गरिसक्नु पर्ने भएपनि निमार्ण कम्पनी काम गर्न नर्फकिएको हो । 

निमार्ण कम्पनीले काम नगर्दा नाली निमार्णका लागि खाल्टो तयार पारेर बिछ्याईएका सरियाले स्थानीयलाई आफ्नै घर आवत जावतमा समस्या पार्यो । पवित्र बस्तीकै बिवेक सार्कीले अलपत्र छोडिएका सरियामा चोट लाग्दा आखाँनै गुमाउनु परेको छ । स्थानीयहरुले समयमा सडक नबन्दा समस्या भोग्नुपरेको बताएका छन् । 

यस विषयमा सडक डिभिजन कार्यालय महेन्द्रनगरले निमार्ण कम्पनी लाई पटक पटक ताकेता गर्दा पनि काम सुरु नगरेको हो । निमार्ण कम्पनीका सञ्चालक हेम महराले पटक पटक काम सुरु गर्ने आश्वासन दिए पनि काममा सुरु गरेका छैनन् । केही दिनमा काम सुरु गर्ने उनको भनाई छ ।  

अलपत्र नालीका कारण निकै सास्त भोगेका स्थानीयहरुले अव पनि निमार्णको काम सुरु नगरे संघर्षका काम सुरु गर्ने चेतावनी दिएका छन् । 

 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update