News 24 Television
विसु पर्व मनाउन हजारौ सुदूरपश्चिमेली घर फर्कदैं, बढ्यो चहलपहल
विसु पर्व मनाउन हजारौ सुदूरपश्चिमेली घर फर्कदैं, बढ्यो चहलपहल सुदूरपश्चिमवासीले मनाउँदै आएको बिसुुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरु यतिबेला घर फर्कन थालेका छन् । सुदूरपश्चिम प्रदेशभर नयाँ वर्षलाई बिसु पर्वका रूपमा मनाउन गाउँघरमा चहलपहल बढेको छ । चैतको सुरुआतदेखि बिसु मनाउन बाहिर रहेका आफन्तहरु घर फर्कने गर्दछन् । बिसुपर्वका लागि घर जाने तथा आउनेहरूको...
गेटा विश्वविद्यालयबाट एमबीबीएसदेखि नर्सिङसम्म पढाइ सुरु हुने
गेटा विश्वविद्यालयबाट एमबीबीएसदेखि नर्सिङसम्म पढाइ सुरु हुने गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा अध्यापन गराउने निर्णय भएको छ । बुधवार बसेको विश्वविद्यालय सभाले आगामी शैक्षिक सत्रमा चिकित्सा शिक्षा अध्यापन गराउने निर्णय गरेको हो ।
निराशाजनक खर्चले सरकारको क्षमतामाथि प्रश्न, चार महिनामा ८२ प्रतिशत बजेट खर्च गर्नुपर्ने बाध्यता
निराशाजनक खर्चले सरकारको क्षमतामाथि प्रश्न, चार महिनामा ८२ प्रतिशत बजेट खर्च गर्नुपर्ने बाध्यता खर्च गर्ने क्षमता विस्तार गर्न नसक्दा सुदूरपश्चिम प्रदेशको बजेट कार्यान्वयन अवस्था निराशाजनक देखिन्छ । बजेट खर्चमा देखिएको समस्याका कारण समग्रमा विकास निर्माणदेखि मानव सुचांकमा समेत गम्भीर प्रभाव पर्ने गरेको पाइन्छ ।
जितेकाहरु संसद छिर्दै, मतदाताहरु मुग्लान फर्किँदै
जितेकाहरु संसद छिर्दै, मतदाताहरु मुग्लान फर्किँदै निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिए लगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै मुग्लान फर्किन थालेका छन् । केही दिनदेखि नेपाल–भारतको त्रिनगर सीमा नाका हुँदै उनीहरु रोजगारीको लागि कार्मथलोमा फर्किन थालेका हुन् ।
युवालाई स्वरोजगार बन्ने बाटोमा हिडाउँदै धनगढी उपमहानगरपालिका
युवालाई स्वरोजगार बन्ने बाटोमा हिडाउँदै धनगढी उपमहानगरपालिका युवाहरुलाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउने उद्देश्यले धनगढी उपमहानगरपालिकाले सुरु गरेको सिप तथा रोजगार मेला सञ्चालन भईरहेको छ । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ८३ स्थानीय तहबाट छनोट गरिएका करिब ६ सय प्रशिक्षार्थी मेलामा सहभागी छन् ।
बालेनले भने–स्वीट्जरल्याण्डको बाउ ‘बडिमालिका’
बालेनले भने–स्वीट्जरल्याण्डको बाउ ‘बडिमालिका’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार कैलालीको धनगढीमा परिवर्तन उद्घोष सभा नाम दिएर चुनावी सभा गरेको छ । चुनावी सभामा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख नेता रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहले कुशसान र बेथितिका सटर सधैंका लागि बन्द गर्नेदेखि विकासको संकल्प गरेका छन् ।
डोटी छाडेर आएका प्रेम आलेलाई नयाँको डर कि पुरानाको ?
डोटी छाडेर आएका प्रेम आलेलाई नयाँको डर कि पुरानाको ? सुदूरपश्चिमको राजधानी रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ चर्चाको क्षेत्रका रुपमा रहेको छ । ७९ को निर्वाचनमा एकीकृत समाजवादीबाट डोटीमा निर्वाचित प्रेमबहादुर आले उम्मेदवार रहेका कारण पनि यो क्षेत्र चर्चामा छ ।
सेवा गुम्ने जोखिमपछि स्थानीय आन्दोलनमा
सेवा गुम्ने जोखिमपछि स्थानीय आन्दोलनमा कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) र गोदावरी नगरपालिका – १ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
अपाङ्ग महासंघ सुदूरपश्चिममा तालाबन्दी किन ? विवाद थप बल्झिदै !
अपाङ्ग महासंघ सुदूरपश्चिममा तालाबन्दी किन ? विवाद थप बल्झिदै ! अपाङ्ग महासंघ सुदूरपश्चिममा तालाबन्दी किन ? विवाद थप बल्झिदै !
अपांग महासंघमा किन भाँडभैलो, अध्यक्षविरुद्ध तालाबन्दी
अपांग महासंघमा किन भाँडभैलो, अध्यक्षविरुद्ध तालाबन्दी राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विवाद सतहमा आएको छ । महासंघका केन्द्रीय अध्यक्ष देवीदत्त आचार्यले सुदूरपश्चिम प्रदेश समितिमा हस्तक्षेप बढाएपछि महासं विवादित बनेको हो ।
घर–घरमै पुग्दै स्वास्थ्य विशेषज्ञ, निःशुल्क स्वास्थ्य सेवाले धनगढीवासी खुशी
घर–घरमै पुग्दै स्वास्थ्य विशेषज्ञ, निःशुल्क स्वास्थ्य सेवाले धनगढीवासी खुशी कैलालीको धनगढी उप–महानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य सेवा प्रभाकारी बन्दै गएको छ । नयाँ जनप्रतिनिधिहरु आएसँगै उप–महानगरपालिकाले सञ्चालनमा ल्याएको विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य सेवाबाट विपन्न गरिब तथा आर्थिक रुपमा कमजोर वर्गका नागरिक लाभान्वित भएका छन् ।
सुदूरपश्चिममा निर्वाचन केन्द्रित सुरक्षा बैठकः प्रदेश सरकारको साथ
सुदूरपश्चिममा निर्वाचन केन्द्रित सुरक्षा बैठकः प्रदेश सरकारको साथ आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गरि सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा प्रदेशको सुरक्षा अवस्था, अपराध नियन्त्रण, सीमा सुरक्षाको विषयमा पनि प्रदेशको सुरक्षा निकायसँग गृहमन्त्री अर्यालले छलफल गरेका हुन्।आगामी फागुन २१ गते प्रतिनिधिसभा सभा सदस्य निर्वाचनको तयारी तीब्र छ । निर्वाचन आयोगले निर्वाचन प्रणाली...
डिपो स्थानान्तरणको मागगर्दै आन्दोलनको तयारी
डिपो स्थानान्तरणको मागगर्दै आन्दोलनको तयारी घनाबस्तीको बीचमा रहेको नेपालआयलनिगमको सुदूरपश्चिमप्रादेशिक डिपो तत्काल स्थानान्तरणको मागगर्दै स्थानीयले दबाबमूलककार्यक्रमआयोजनाको तयारी गरेका छन् ।
फेरि भारत फर्किन थाले सुदूरपश्चिमवासी, रोजगारीको खोजी
फेरि भारत फर्किन थाले सुदूरपश्चिमवासी, रोजगारीको खोजी दशैं तिहार मनाउन घर फर्किएका सुदूरपश्चिमेलीहरु पुनः काम खोज्दै भारत जान थालेका छन् । अहिले कैलालीको त्रिनगर भन्सार नाकामा भारतमा काम गर्न जाने नेपालीहरुको लर्को देखिएको छ । दैनिक गुजारा चलाउन प्राय सुदूरपश्चिवासी भारतमा काम गर्न जाने   गर्दछन् ।
जेन–जीले दिएको पीडा कम गरिँदै, स्थानीय नै जुटे सेवा सञ्चालनमा
जेन–जीले दिएको पीडा कम गरिँदै, स्थानीय नै जुटे सेवा सञ्चालनमा जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी कार्यालयहरूको सेवा सञ्चालनका लागि पुनःस्थापनामा जुटेका छन् । कर्मचारीसँगै स्थानीयको सहभागितामा कार्यालयहरू पुनःसञ्चालनको लागि सरसफाई, सामग्री व्यवस्थापन र सेवा सञ्चालनमा जुटेका हुन् ।  कार्यालयले अहिले प्राथमिकताका आधारमा सरसफाई र मर्मतलाई तीव्रता दिएको छ ।
माछा व्यवसायी नगर घेराउमा उत्रिए, करको दरले तनाव
माछा व्यवसायी नगर घेराउमा उत्रिए, करको दरले तनाव कैलालीको गौरीगंगा नगरपालिकाले माछा निकासीमा कर बढाएपछि माछा व्यवसायी आन्दोलनमा उत्रिएका छन् । दोहोरो करले घेरर व्यवसायी र किसानको रोजिरोटी लुट्न खोजेको भन्दै आन्दोलन चर्काइएको छ ।
गौरा पर्वको रौनक सुदूरपश्चिमदेखि काठमाडौंसम्मै, प्रेम र विवाहको गाथा 
गौरा पर्वको रौनक सुदूरपश्चिमदेखि काठमाडौंसम्मै, प्रेम र विवाहको गाथा  शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन अठवाली अर्थात अष्टमी हर्षोल्लासका साथ मनाइएको छ । दार्चुला, बैतडी, डडेल्धुरा सहितका पहाडी जिल्लामा यस दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको मन्दिर स्थापना गरेको ठाउँमा...
कैलाली कारागारमा फेरि पनि झडपको डर 
कैलाली कारागारमा फेरि पनि झडपको डर  कैलाली कारागारमा साउन २३ गते राति भएको हिंसात्मक घटनामा परेर एक कैदीबन्दीको मृत्यु भएको थियो भने दर्जनौ घाइते भएका थिए । गम्भीर अवस्थाका तीन जनाको काठमाडौँमा उपचार भइरहेको छ भने अन्यको सेती प्रादेशिक अस्पतालमा उपचार गरिएको हो । उपचारपछि अस्पतालले कैदीबन्दीलाई डिस्चार्ज गरिसकेको छ । तर फेरि पनि झडप हुने...
पुनस्र्थापनाको पर्खाईमा मुक्त कमैया र कमलरी, के गर्दैछ सरकार ?
पुनस्र्थापनाको पर्खाईमा मुक्त कमैया र कमलरी, के गर्दैछ सरकार ? कमैया मुक्तिको दुई दशक नाघे पनि नेपालमा अझै दुई हजारभन्दा बढी मुक्त कमैया पुर्नस्थापनाको पर्खाइमा छन् । परिचयपत्र पाएर जग्गा नपाएका, परिचयपत्र बदर भएका र सट्टाभर्ना गर्नुपर्ने गरी अझै ठूलो संख्यामा मुक्त कमैया पुर्नस्थापनाको पर्खाइमा रहेका छन् । 
सुदूरपश्चिमको राजधानी डुबानमा (भिडियो) !
सुदूरपश्चिमको राजधानी डुबानमा (भिडियो) ! आइतबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीका दर्जनौँ वस्ती डुबानमा परेका छन् । धनगढी उपमहानगरको बजार क्षेत्रका वस्ती सबैभन्दा बढी प्रभावित भएका छन् । लगातारको वर्षापछि धनगढी बजार क्षेत्रसहितका वस्तीहरु जलमग्न बनेका छन् । 
प्रदेशको बजेटमा असन्तुष्टिका आवाज, जनहित नसमेटिएको टिप्पणी
प्रदेशको बजेटमा असन्तुष्टिका आवाज, जनहित नसमेटिएको टिप्पणी सुदूरपश्चिम प्रदेश सरकारको बजेटबारे सरोकारवाला निकायले आलोचना गरेका छन् । भुई माँन्छेलाई छुने कुनै योजनाहरु बजेटमा नभएको उनीहरुको टिप्पणी छ । विशेषगरि प्रतिपक्षी दलका नेताहरुले बजेटमा असन्तुष्टि जनाइरहेका छन् । 
Weather Update