News 24 Television
हाईलाइफ फुड्सको ‘बासमती राइससंग फेस्टिभ भाइब्स अभियान' : काठमाडौँका मयुर बस्नेत बनिन् विजेता

काठमाडौँ । हाईलाइफ फुड्सले चलाएको “बासमती राइस संग फेस्टिभ भाइब्स” अभियानको मुख्य विजेता काठमाडौँका मयुर बस्नेत बनेका छन्। एक लाख रुपैयाँ पुरस्कारको लागि विजेताको नाम फेसबुकमार्फत गरिएको लाइभ लकी ड्रमा सार्वजनिक गरिएको हो।

अभियानमा सहभागीहरूले #Hilifefoods, #festivevibes र #giveawaycampaigns ह्यासट्याग प्रयोग गरेर हाईलाइफ बासमती राइसबाट बनाएका रेसिपी भिडियोहरू सामाजिक सञ्जालमा शेयर गरेका थिए। बस्नेतले हाईलाइफ बासमती राइस प्रयोग गरी बनाइएको चिकन बिर्यानीको भिडियो प्रस्तुत गरेका थिए, जुन विजेता बनेको छ।

कम्पनीकी सिनियर मार्केटिङ एक्जेक्युटिभ गीता योगीले बस्नेतलाई एक लाख रुपैयाँको चेकसँगै उपहार ह्याम्पर प्रदान गर्दै सम्मान गरेको जानकारी दिईन्।

mayur-2-1765693235.jpg

हाईलाइफ फुड्स विसं २०७६ देखि स्वास्थ्य र पोषणमा ध्यान दिने उद्देश्यसहित सञ्चालनमा आएको नेपाली ब्रान्ड हो। कम्पनीले बासमती राइस, ओटमिल, म्युजली, सोया चङ्क्स, कर्नफ्लेक्स लगायतका उत्पादनहरू नेपाली उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ। यी सबै सामग्री नेपालभरका सुपर्मार्केट, किराना पसलदेखि लिएर अनलाइन स्टोरसम्म सहजै पाइन्छन्।

नेपाली बजारमै सीमित नभई हाईलाइफका उत्पादनहरू अमेरिका, क्यानडा, युरोप, अष्ट्रेलिया, यूएई, जापान, दक्षिण कोरिया र हङकङलगायत देशहरूमा पनि निर्यात हुँदै आएका छन्। 

विदेशमा बस्ने नेपालीदेखि अन्तर्राष्ट्रिय ग्राहकसम्मले हाईलाइफको स्वाद र गुणस्तरलाई राम्रोसँग मन पराइरहेका छन्। कम्पनीले आगामी दिनमा पनि यस्तै रमाइलो र सहभागीमैत्री अभियानहरू ल्याउँदै जाने जनाएको छ। थप जानकारीका लागि www.Hilifefoods.com.np वा @Hilifefoodsnepal हेर्न सकिन्छ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update