दान बहादुर बुढा । मुगुमा मंसिर महिनामा अत्यधिक चिसो बढेका कारण रुघाखोकी र ज्वरोका विरामी बढेका छन् । चिसो, धुवा धूलोको कारण भाईरल रुघाखोकी, ज्वरो र दमका विरामीहरुले अस्पताल भरिभराउ भइरहेको छ ।
हिमाली जिल्ला मुगुमा भाइरल ज्वरो, रुघाखोकी र दमका बिरामी बढेर अस्पताल नै भरिभराउ भइरहेको छ । एक सातायता बढेको चिसोका कारण यस्ता बिरामी बढेका हुन् । भाइरल ज्वरो, रुघाखोकी र निमोनियाबाट बालबालिका , बुढाबुढी मात्र नभई वयस्क समेत प्रभावित भएका छन् । ज्वरो र रुघाखोकी सरुवा रोग भएकाले एक जनालाई देखिएपछि परिवारका प्राय सवैजनामा सर्ने गर्दछ ।
विरामी बढेसंगै जिल्ला अस्पताल ठिनीमा दैनिक ६०देखी ७० जना सम्म उपचारका लाष्ी आउने गरेका छन् । त्यसमध्ये १०–२० जना दमका बिरामी आउने गरेका छन । भर्ना भएका बिरामीहरु मध्ये ५ बर्षका बालबालिका र बृद्धवृद्धा रहेका छन् । आर्थिंक अवस्था कमजोर भएका बिरामीहरु रोगले च्यापेपछि मात्र जिल्ला अस्पतालमा चेकजाच गराउन आउने गरेका छन् । तर जिल्ला अस्पतालमा अक्सिजनको समेत व्यवस्था नहुँदा समस्या हुने गरेको डा बबिषेक मिश्रको भनाइ छ ।
सदरमुकाम गमगढी नजिकै रहेका भामबाडा, कार्कीबाडा, ढुम, निगाले, तुम, बाम, रोवा, रुगा, लगाएत जिल्लाका बिभिन्न बस्तीहरुमा बस्दै आएका नागरीकहरुलाई पनि भाइरल ज्वरोका बिरामीको प्रकोप बढ्दो छ । चुनावका बेला नेताहरुले शिक्षा ,स्वास्थ्य जस्तो कुरामा हामि छौ , दुरदराजका नागरिकले पाउने सेवासुविधा गाउँगाउँ घरदैलोमै निशुल्क औषधी र डाक्टरसहितको सेवासुविधा उपलव्ध गराउछौ भन्ने नेताहरुको आश्वासन मात्र भएको स्थानीय बताउछन् । अवको चुनावमा भोट नै नदिने बताउदै आएका छन् ।
मुगु जिल्लामा हिजोआज आएको सिजनल भाईरल रुघाखोकी ,ज्वरो र दमका बिरामीहरुलाई उपचार गराउन गाँउघर बस्ती बस्तीमा उपचार गर्ने ब्यबस्था राज्यका निकै तहका सरकार र सरोकारवाला निकायले चासो दिन जरुरी छ ।
