कैलाली । भारतसँग प्रत्यक्ष नाका जोडिएको कैलालीमा लागुऔषध दूव्र्यशनको जालो डर लाग्दो तवरले फैलिरहेको छ । कैलालीमा लागुऔषध दूव्र्यवसनीको ओसारपसारकर्ता र प्रयोगकर्ताहरुको संख्या दिन प्रतिदिन बढीरहेको छ ।
जटिल सामाजिक समस्याको रुपमा चित्रित भएको लागुऔषध दूव्र्यसनी भारतसँग खुल्ला सिमाना भएका कैलालीका ४ वटा पालिकाहरुबाट ओसारपसर हुने तथ्य बाहिरिएको छ । विशेषगरी १५ देखि ३५ वर्ष उमेर समूहका युवायुवती लागुऔषधको उच्च जोखिममा रहेका छन् ।
भारतसंग प्रत्यक्ष खुल्ला सिमानाका जोडिएको टीकापुर नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका र धनगढी उप महानगरपालिकाको सिमाबाट लागुऔषध दूव्र्यसनीको ओसारपसार हुने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीको रेकर्डमा छ ।
ट्याब्लेटजस्ता लागुऔषधहरु सहज रूपमा नेपाल भित्रिने गरेका छन । धनगढी, लम्की, टीकापुर, भजनी लगायत क्षेत्रहरूमा लागुऔषध प्रयोग र ओसारपसार बढ्दै गएको प्रहरीको भनाइ छ । आर्थिक वर्ष २०८१÷०८२ मा कैलालीमा लागुऔषध दूव्यसनीको केसमा ७ सयजना पक्राउ परेका थिए । पक्राउ परेकाहरु मध्य ३८ जना महिला थिए भने ६ सय ६२ जना पुरुष रहेका छन् ।
पक्राउ परेकाहरु अधिकांस लागुऔषध दूव्यसनीका प्रयोगकर्ताहरु हुन् ।
समाजमा जटिल सामाजिक समस्याको रुप फैलिरहेको लागुऔषध दूव्र्यसनी नियन्त्रण हुन नसक्नुमा आर्थिक समस्या, खुल्ला सिमानाका, कानुनको बारेमा जानकारीको कमीका कारण दिन प्रतिदिन लागुऔषध दूव्र्यसनीका प्रयोगकर्ताहरु बढीरहेको सरोकारवालाको भनाई छ ।
लागुऔषध दूव्र्यसनीको रोकथाम र नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले समेत पहल गरेपनि दूव्र्यसनीका प्रयोगकर्ताहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ ।
स्थानीय तहहरुले लागुऔषध दूव्र्यसनी नियन्त्रणका लागि विद्यालय स्तरीय सचेतना सचेतना कार्यक्रमदेखि प्रहरीसँग साझेदारी गरेर गस्तीहरु समेत गर्ने गरेका छन् । महिला स्वयमसेवीका, आमा समुह, नगर प्रहरी र पालिकाका महिला बालबालिका शाखा मार्फत स्थानीय तहहरुले लागुऔषध दूव्र्यसनीका प्रयासहरु गरिरहेको भएपनि रोकथाम हुन भने सकेको छैन ।
भारतसंगको खुल्ला सिमाका कारण पनि कैलालीमा लागुऔषध दुव्र्यसनीको कारोबार फस्टाई रहेको छ । आर्थिक वर्ष २०८१\०८२ मा ब्राउन सुगर, गाँजा, ट्रामाडोल, नाइट्रोजन ट्याब्लेटजस्ता लागुऔषधहरु झण्डै १ क्वीन्टल कैलाली प्रहरीले बरामद गरेको थियो भने ४ सय ६९ मुद्धा दर्ता गरेको थियो । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म १ सय २२ मुद्धा दर्ता गरेको कैलाली प्रहरीले १ सय ६४ जनालाई १६ केजी भन्दा बढी लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अविवाहित युवायुवतीहरु बढि छन् ।
