काठमाडौं । आइसीसीले महिला टि–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । ्जनवरी १४ देखि फेब्रअरी १ सम्म नेपालमा चल्ने प्रतियोगितामा १० राष्ट्र सहभागि हुनेछन् ।
दुई समुहमा विभाजन गरिएको प्रतियोगितको उत्कृत तीनमा पुग्ने टोली विश्वकप क्यालिफार खेल्नेछन् । नेपाली महिला टोलीले तयारी समेत सुरु गरेको छ । क्यानले मंगलबार नै महिला टोलीका मुख्य प्रशिक्षक हर्षल पाठकसंग साक्षत्कार गराएको छ ।
नेपाली क्रिकेटको सर्वाधिक लोकप्रीय प्रतियोगिता एनपीएललाई भब्यताका साथ सम्पन्न गरको नेपाल क्रिकेट संघ (क्यान) अर्काे ठुलो प्रतियोगिताको तयारीमा छ ।
त्यो हो, आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट । नेपाल सहित १० टोली सहभागि हुने प्रतियोगिता क्यानले आगामी जनवरी १४ देखि फेब्रअरी १ सम्म काठमाडौँ उपत्यकामा आयोजना गर्दैछ । उक्त प्रतियोगिताका लागि क्यानले भरपुर तयारी गरिरहेको छ । मंगलबार खेल तालिका सार्वजनिक गरेको क्यानले प्रतियोगिताको तयारी तीब्र भइरहेको संकेत दिएको हो । आइसीसीको पनि प्रत्यक्ष निगरानी हुने हुनाले क्यानलाई प्रतियोगिता भब्य रुपमा सम्पन्न गर्नुपर्ने चुनौती र अवसर दुबै देखिन्छ ।
१० टोली २९ खेल, सुपरसिक्सका चार टोली विश्वकप पुग्ने
२९ खेल हुने प्रतियोगितामा वार्मअफ खेलका रुपमा १० खेल हुने छन् । प्रतियोगितामा २० खेल लिग चरणका हुँदा ९ खेलको सुपर सिक्समा हुनेछन् । दुई समुहबाट शिर्ष ३÷३ रहेन ६ टोली विच सुपर सिक्समा भिडन्त हुनछ भने सुपर सिक्सबाट शीर्ष ४ पर्ने टोलीहरू सन् २०२६ मा इंग्ल्याण्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।
समुह ए मा बंगलादेश, आयरल्याण्ड, पपुवा न्युगिनी, नामिबिया र अमेरिका रहँदा समुह बी मा स्कटल्याण्ड, थाइल्याण्ड, जिम्बाबे, नेदरल्याण्डस् र नेपाल रहेका छन् ।
ग्लोबल छनोटमा नेपाली महिला टोलीका खेलहरु
–पहिलो खेलः जनवरी १८ (माघ ४)मा थाइल्याण्डसंग, माथिल्लो मुलपानी
–दोस्रो खेलः जनवरी –माघ ८)मा नेदरल्याण्डस्संग, माथिल्लो मुलपानी
–तेस्रो खेलः जनवरी २४ (माघ १०) जिम्बाबेसंग, त्रिवि क्रिकेट मैदान
–चौथो खेलः जनवरी २६ (माघ १२) स्कटल्याण्डसंग, त्रिवि क्रिकेट मैदान
त्यसअघि नेपालले वार्मअप खेलको रुपमा पहिलो खेल तल्लो मुलपानी मैदानमा १४ जनवरीमा आयरल्याण्ड र १६ जनवरीमा किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकासंग खेल्नेछ । प्रतियोगितामा सहभागि सबै टोलीले समान २÷२ वार्मअप खेल खेल्ने तालिका रहेको छ ।
नयाँ प्रशिक्षक, नयाँ आशा
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्यप्रशिक्षकमा भारतीय हर्षल पाठक रहेका छन् । नवनियुक्त प्रशिक्षक पाठकलाई नेपाली महिला क्रिकेटको साँचो दुई बर्षका लागि क्यानले सुम्पिएको छ । मंगलबार क्यानको केन्द्रीय कार्यालय मुलपानीमा पत्रकार सम्मेलन गर्र्दै मुख्यप्रशिक्षक पाठकले नेपाली पत्रकारसंग साक्षतकार गरे ।
सो क्रममा पाठकले नेपाली क्रिकेटको विकास र विस्तारलाई नजिकबाट बुझेको बताउँदै विश्वकप छनोट हुनेमा आशावादी रहेको बताउँछन् । पाठनकसंग थाइल्याण्ड क्रिकेटमा ७ बर्ष प्रशिक्षणको काम गरको अनुभव छ । क्यानका म्यानेजर विनोद दासले पनि दुई बर्षसम्म कुनै रोकतोक विना जिम्मेवारी बहन गर्न दिने र हौसला प्रदान गर्नेमा ढुक्क हुन अनुरोध गरेका छन् । यसले नेपाली महिला टोली विश्वकपमा स्थान बनाउनेमा आशाको संचार भरेको छ । यद्यपी यसको नतिजा भने प्रतियोगिता सकिएपछि नै थाहा हुनेछ ।
क्यानले दोस्रो चरणमा २० खेलाडी समेट्दै तयारी गरिरहेको छ भने केहि दिनमै अन्तिम टोलीको टंगो लगाउने छ । नेपाली महिला टोलीलाई घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै ऐतिहासिक रुपमा विश्वपकमा स्थान बनाउने सुनौलो अवसर रहेको छ । नेपाली चेलीले त्यो सुनौलो अवसरको कत्तिको सदुपयोग गर्छन् त्यो भने हेर्न बाकी छ ।
