सर्लाही । सर्लाहीको लालबन्दि नगरपालीका ७ मा रहेको दाजू भाई चिया मन्चकोे उद्घाटन भएको छ । उद्घाटन भएका दाजू भाई चिया मन्चको व्यवस्थापनलाई निकै व्यवस्थित पारिएको छ ।
आत्मीयताको सन्देश बोकेको नयाँ चिया मन्च “दाजू भाई चिया मन्चका ” अब जन ब्यबस्थीत रुपमा संचालनमा आउको छ । आज यस क्षेत्रका सफल युवा समाजसेवी तथा उधोग वाण्ज्यि संघ लालबन्दिका अध्यक्ष महेश महतोको विशेष उपस्थितिमा चिया मन्चको भव्य उद्घाटन भएको छ ।
घरमा कोही पाहुना आए सबैभन्दा पहिले हामी चियाले सत्कार गर्छौं । यो नेपाली संस्कार नै बनिसकेको छ । प्रत्येक बिहानीको सुरुवात चिया पिएरै हुन्छ । दिन, साँझ र रातमा पनि चियाले साथ दिन्छ ।
घरदेखि कार्यालय होस् या सार्वजनिक समारोहमास चिया संस्कृति मौलाएको छ । चियाको चुस्की नलिने र स्वाद थाहा नपाउने शायदै यो संसारमा नहोलान् । स्वास्थ्यका दृष्टिकोणले पनि चिया राम्रो पेय पदार्थ मानिन्छ । हाम्रो देशमा उपहार स्वरुप भित्रिएको चिया विनाको दैनिकी अधिकांशलाई मुश्किल बन्छ भन्दा फरक पर्दैन ।

यो चिया मन्च केवल चिया–कफीको स्वाद मात्र होइन, मित्रता, आत्मीयता र सामाजिक सद्भावको गहिरो स्वाद पनि पस्कने छ । यसको परिकल्पना गरेका छन् – समाजसेवी कमल महतोले । सामाजिक तथा राजनीतिक क्षेत्रका लागि निरन्तर क्रियाशील महतोेले यसपटक व्यवसायमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने सपना देखेका उनले बताए ।
‘यो केवल चिया मन्च मात्र होइन, सम्बन्ध गाँस्ने र सद्भाव साट्ने थलो हो,’ महतो भन्छन् । उनका अनुसार, दाजू भाई चिया मन्च केवल उद्यमशीलता हैन, आत्मीयता र सामाजिक समरसता संस्थागत गर्ने एउटा प्रयास हो ।
विगत केही वर्षदेखि लालबन्दि क्षेत्रका युवाहरूले आफ्नै शहरमा यस्तो स्थानको अभाव महसुस गर्दै आएका थिए । ‘जहाँ दिनभरको व्यस्त जीवनशैलीबाट केही बेर विश्राम लिई सँगै बसेर कुरा गर्न सकियोस्, मुस्कान साट्न सकियोस्,’ महतोले भने ।
“चिया मन्च” त्यही आवश्यकतालाई आत्मसात गर्दै जन्मिएको अवधारणा हो । यहाँ केवल स्वादिष्ट पेय होइन, आत्मीय परिवेश पनि पस्किने तयारी गरिएको छ – जहाँ परिवार, साथीसङ्गी वा व्यावसायिक भेटघाट समान सहजता र अपनत्वमा सम्पन्न होस् ।

सामान्य चिया पसलभन्दा भिन्न ढंगमा सजिएको चिया मन्चमा स्थानीय स्वादलाई बिशेष प्राथमिकता दिइने छ । मन्चको भित्री सजावटदेखि मेनु सम्म, सबैमा मौलिकता र सादगीको समिश्रण ल्याउने प्रयासमा छौ । जुन यहाँको सांस्कृतिक पहिचानसँग मेल खान्छ ।
हामी व्यापारमा नाफा मात्र होइन, सम्बन्धमा माया खोज्छौं महतोे मुस्कुराउँदै भन्छन् । कमल महतो का अनुसार, “चिया मन्च ” एक यस्तो थलो हो – जहाँ हरेक उमेर, वर्ग र पेसाका मानिसहरू आपसमा आत्मीयता साट्न सकून् ।
उद्घाटन समारोहमा युवा समाजसेवी तथा व्यवसायी पंकज कूमार सिङ्ग र पूष्पहरि धमलाको उपस्थितिले यो क्याफेलाई थप हौसला र प्रेरणा दिने विश्वास गरिएको छ । सिङ्ग, धमला र महतो जिल्लामा सफल उद्यमीका साथै युवाबीच प्रेरणाका पात्र मानिन्छन् ।
