News 24 Television
स्तरोन्नति गर्नुपर्न राजमार्गमा टालटुल शुरु

स्याङजा । २०२४ सालमा स्थापना भएका सिद्धार्थ राजमार्ग तत्कालीन समयमा भारत सरकारले निर्माण सम्पन्न गरि नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तर नेपाल सरकारको स्वामीत्वमा आएको झण्डै ५८ बर्ष विति सक्दा पनि यो राजमार्गले एक भित्ता पनि मुहार फेर्न सकेको छैन । 

दैनिक हजारौँ साना–ठूला सवारी साधन चल्ने यो राजमार्ग जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । यो हो सिद्धार्थ राजमार्ग ,  १८२ किमी लम्बाई रहेको यो राजमार्ग लुम्बिनी र पोखरा जस्ता दुई ठूला धार्मिक तथा पर्यटकीय सहरलाई जोड्ने एक मात्र छोटो राजमार्ग हो । कुनै समय यही राजमार्ग भएर भारतदेखि पोखरासम्म आउने बाह्य पर्यटकले अर्थतन्त्रमा राम्रै टेवा प्ु¥याएको थियो । 

सडकको अवस्था दयनीय हुँदा पछिल्लो समय पर्यटकको आगमन कम हुन थालेको छ । राजमार्गको  घुम्तीमा समेत खाल्डाखुल्डी हुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् स्थानीय । 

देशकै पुरानो राजमार्गको रुपमा लिइने सिद्धार्थ राजमार्गको स्तरोन्नतीका लागी पटक पटक संसदमा समेत आवाज उठ्यो तर सरकारले सडक स्तरोन्नतीतर्फ भने ध्यान दिएको छैन । 

अहिले सडकको स्तरोन्नतति नगरी डिभिजन कार्यालय पोखराले सामान्य खाल्डा खुल्डी पुर्न सुरु गरेको छ । श्रोत सुनिस्चित नभएकै कारण यस राजमार्गको स्तरोन्न्ती  गर्न नसकिएको सडक डिभिजन कार्यालय पाखराले जनाएको छ । 

धेरै सवारी साधन सञ्चालन हुने सडकलाई फराकिलो बनाएर स्तरीकरण नगरिँदा दुर्घटना बढ्दै गइरहेको छ । आर्थिक बर्ष २०८१÷८२ तथ्याङक हेर्ने हो भने साना ठूला दुर्घटनामा २ दर्जन भन्दा धेरैले ज्यान गुमाएका छन् । 

स्याङजा जिल्लामा मात्रै १६ वटा दुर्घटनामा ९ जनाले ज्यान गुमाएका छन्  । साँघुुरो तथा घुम्ती सडक अनि सवारी चापका कारण  पोखरा, बुटवल जाने विरामीले समेत बेलैमा उपचार पाउन नसक्दा आधा बाटोमै मृत्यु हुनेको संख्या पनि बृद्धि  हुदै गएको छ । 

दैनिक हजारौँ साना–ठूला सवारी साधन चल्ने यस राजमार्गमा जोखीमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको जिल्लाबासीको गुनासो छ । 

भारतको मुख्य नाका सुनौली भन्सारदेखि सुरु हुने यो राजमार्गले विश्वमै प्रख्यात मन्दिर मुक्तिनाथ सम्म जोडदछ । यस राजमार्ग हुँदै १२ वटा जिल्लामा भारतदेखि सामान आयात हुने गर्दछ । 

साँघुरो सडकको कारण ठुला मालबाहक सवारी चल्न नसक्दा यहाँका स्थानीयको चुलो पनि महङगो बन्दै जान थालेको छ । 

वर्षाले नारायणघाट–मुग्लिन सडक बन्द हुँदा दशैंअघि काठमाडौं आउने यात्रु तथा मालवाहक सवारी साधनहरु समेत यहि बाटो भएर आउजाउ गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update