News 24 Television
भीमदत्तमा सिटी हल, बनेको ८ वर्ष, सञ्चालन गर्न नसक्दा जीर्ण बन्दै

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा निर्माण गरिएको महेन्द्रनगर सिटी हल लामो समयदेखि प्रयोगमा आउन सकेको छैन । 

निर्माण सम्पन्न भइसकेपछि सिटी हलको स्वामित्व भीमदत्त नगरपालिकाले पाइसकेको भएपनि सञ्चालनबारे स्पष्ट योजना नहुँदा यो संरचना अलपत्र परेको हो ।संचालनका लागि नगरपालिकाले चासो नदिदाँ सिटी हल जीर्ण बन्दै गएको छ । 
 
कञ्चनपुरको भीमदत्त नगरपालिका महेन्द्रनगरमा निर्माण सम्पन्न भइसकेको सिटी हल प्रयोगमा नआउदै जीर्ण बन्दै गएको छ । नगरपालिकाले सिटीहललाई प्रयोगमा ल्याउन तदारुकता नै देखाएको छैन । 

२०६५ मा श्याम सुन्दर तथा गौरी पार्वती जेभी निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सक्ने गरी ६ करोड ८१ लाख रुपैयाँमा सिटी हल निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो । पछि इस्टीमेट र डिजाइन परिवर्तन गरि आठ करोड ५१ लाख पु¥याइएको थियो । समयमै निर्माण सम्पन्न भएपनि आवश्यक व्यवस्थापन र सञ्चालन मोडालिटी नबन्दा सिटी हल प्रयोगविहीन बनेको स्थानीयको गुनासो छ ।

तत्कालीन महेन्द्रनगर नगर विकास समितिले निर्माण सुरु गरेको सिटि हल अहिले भीमदत्त नगरपालिकाको मातहतमा छ । तर सिटिहल संचालनका लागि नगरपालिकाले कार्यविधि बनाउदा नसक्दा करोडौको लगानी प्रयोगमै नआई बालुवामा पानी बन्न लागेको हो । 

एकै पटक करिब १ हजार जनासम्म अटाउने क्षमता भएको यो तीनतले सिटी हलमा तीनवटा हल, चेन्जिङ रुम तथा अन्डरग्राउण्ड पार्किङको सुविधा रहेको छ । 

सुविधा सम्पन्न संरचना हुँदाहुँदै पनि प्रयोगमा नआउँदा स्थानीयवासी निराश बनेका छन् । स्थानीयहरू सिटी हललाई सांस्कृतिक कार्यक्रम, सभा–सम्मेलन तथा विभिन्न सामाजिक गतिविधिका लागि तत्काल सञ्चालनमा ल्याउन नगरपालिकासँग माग गरिरहेका छन् । हल निर्माण सम्पन्न भएकै ८ वर्ष पुगिसकेको छ । 

यता नगरपालिका भने ठूलो योजना हुने भएको हुनाले व्यक्तिगत र व्यवसायीसँग पनि सम्झौता गरेर कार्यविधि बनाइ सकिएको बताउदै अव चाँडै नै संचालन गर्ने तयारी रहेको दाबी गर्छ । 

हल सञ्चालनमा नआउँदा नगरपालिकामा हुने धेरै कार्यक्रमहरु होटलहरुमा गर्ने गरिएको छ । सरकारी तथा गैर–सरकारी संस्थाहरुले आयोजना गर्ने कार्यक्रमहरुबाट ठूलो रकम नीजि होटल व्यवसायीहरुर्ला तिर्दै आएका छन् ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update