News 24 Television
नवलपूर प्रहरीद्धारा ६० केजी गाँजा बरामद

सर्लाही । नवलपूर प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरबाट लागुऔषध गाँजासहित आज एक जनालाई पक्राउ गरेको छ । आईतबार बिहान करिब ५ बजे विशेष सूचनाका आधारमा नपलपूर प्रहरीका सहि सुधिर यादबको टोलीले भारतीय कार र मोटरसाइकललाई रोकी चेकजाच गर्नेक्रममा प्रहरीले रोक्न खोज्दा रोक्नै नमानेपछि पिछा गर्दै जाँदा प्रहरीले बागमती प्रदेश ०६–०२ प १७७० को मोटरसाइकल चालक लालबन्दी नगरपालीका वडा नं.१ नवलपुर बस्ने वाजुल साहको छोरा वर्ष ३२ को नुरहसन साहलाई नियन्त्रणमा लिएको छ ।

1000071783-1767601502.jpg
साहले नै कारभित्र गाँजा रहेको बताएपछि प्रहरीले कारको समेत पिछा गरेको थियो । उक्त कारलाई लखेट्दै जाँदा नवलपुरको जंगल टोलका लालबाबु महतोको घरमा कार ठोक्किन पुग्यो । त्यतिबेलै कारका चालक कारबाट झरेर फरार भए । कारभित्रबाट नबलपूर प्रहरीले कारभित्रबाट गाँजा बरामद गरेको हो ।

आइतबार बिहान करिब ५ बजेको समयमा हरिवन नगरपालिकाको डाबरीतर्फबाट नबलपूर तर्फ आउँदै गरेको बीआर ०२ पिबी २२२६ नम्वरको भारतीय कारमा नबलपूर प्रहरिले खानतलासी लिँदा सिट पछाडि लुकाइराखिएको १५ वटा पोकामा रहेको ६० केजी गाँजा बरामद भएको सर्लाही प्रहरीले जनाएको छ ।  

प्रहरीले पक्राउ गरेको नुरहसन साहलाई सर्लाही जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरिले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update