News 24 Television
कार्यक्षेत्र किकस्टार्ट बुटक्याम्प तालिम सञ्‍चालनमा

काठमाडौं । ऐना फाउन्डेशनले कार्यक्षेत्र किकस्टार्ट बुटक्याम्प को आयोजना गरेको छ । फाउन्डेशनले युवाहरुको लागि सिक्‍ने सिकाउने र टेकाउने संगठनात्मक सोच, कौशल नेतृत्व विकास, परियोजना व्यवस्थापन र संगठनात्मक नेतृत्व विकासबाट युवा उधमी र रोजगारमुखी  निर्माण गर्ने प्रतिबद्धताका साथ उक्त बुटक्याम्प आयोजना गरिएको जनाएको छ । 

1-1768118822.jpg
ऐना फाउन्डेशनले शनिबार राजधानीको पासाङ ल्हामु फाउन्डेशनको सभाहलमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा  ऐना फाउन्डेशनका संस्थापक अध्यक्ष तिलक बहादुर बटालाले विशेष सत्र सञ्चालन गर्दै अहिले नेपालमा युवाहरुको माग बढदो छ तर युवाहरुमा सिप नभएर अलमल भएको अवस्थामा हामीले सिक्‍ने सिकाउने र टेकाउने गरी उक्त बुटक्याम्पको आयोजना गरेको जानकारी दिए । 

2-1768118837.jpg
साथै, कार्यक्रमका सत्रहरूमा सपना सुब्बा र सानोन तामाङले सहजीकरण (Facilitation) गर्दै अहिलेको आवश्यकता युवाहरुमा कौशल नेतृत्व र परियोजना सिप विकासले व्यक्तिगत जीवनमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक सीप र ज्ञानका लागी नेतृत्व विकास सुधारको आवश्यकतामाथि प्रकाश पारेको थियो । कार्यक्रममा विभिन्‍न क्याम्पसका विधार्थीहरुको उपस्थिति रहेको थियो ।

3-1768118888.jpg
11-1768118926.jpg

8-1768118925.jpg

9-1768118925.jpg

6-1768118924.jpg

 

1-1768118822.jpg

4-1768118922.jpg

7-1768118924.jpg

10-1768119034.jpg

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update