काठमाडौं । नेपालका १५ वर्षीय विद्यार्थी अनुराग पंगेनीले २०२५ को भ्रष्टाचार विरोधी सामाजिक विज्ञापनको लागि अन्तर्राष्ट्रिय युवा प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका छन् ।
सन् २०२५ को भ्रष्टाचार विरोधी सामाजिक विज्ञापनको लागि अन्तर्राष्ट्रिय युवा प्रतियोगिता “भ्रष्टाचार विरुद्ध टुगेदर ’ मा तेस्रो स्थान हासिल गरेकोमा रुसी दूतावबासले पंगेनीलाई बधाई दिएको छ । “युवा समाजको दरारहरू सुधार गर्नुहोस्“ शीर्षकको अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत १० देखि १५ वर्ष उमेर समूहको प्रतिष्पर्धामा नेपालका अनुराग तेस्रो भएका हुन् ।
अनुरागको पोस्टर युवाहरूमाझ इमानदारी, जवाफदेहिता र सामाजिक जिम्मेवारीलाई प्रवद्र्धन गर्ने शक्तिशाली सन्देश र रचनात्मक अभिव्यक्तिको लागि अन्तर्राष्ट्रिय प्रविष्टिहरू मध्ये एक रहेको भन्दै रुसी दूतावासले भ्रष्टाचार विरुद्धको विश्वव्यापी लडाईमा अर्थपूर्ण योगदान र युवा नेतृत्वको सामाजिक संलग्नताको प्रेरणादायी उदाहरण भएको बताएको छ ।

भ्रष्टाचार विरुद्धको विश्वव्यापी प्रतियोगितामा भाग लिएर तेस्रो स्थान हासिल गरेकोमा अनुरागका परिवारका सदस्यहरू पनि खुसी छन् ।
भ्रष्टाचार विरुद्धको विश्वव्यापी प्रतियोगितामा भाग लिएर उनले युवा जागरूकताको सन्देश फैलाएको भन्दै प्रशंसा गरिएको छ ।
आफूले बनाएको पोस्टरले नेपाली समाजलाई भ्रष्टाचारले भाँचिएको कमजोर सिसाको संरचनाको रूपमा देखाएको भन्दै अनुरागले पैसा मिसाइएको दाउराले प्रतीकात्मक रूपमा, लोभ र बेइमानीको प्रतिनिधित्व गर्नुका साथै भ्रष्टाचारले युवाहरूको अवसरलाई कसरी खतरामा पार्छ भनेर देखाएको बताएका छन् । तर आशाको बारेमा आफ्नो पोष्टरको वास्तविक सन्देश भएको उनले बताएका छन्
