News 24 Television
नुवाकोट क्षेत्र नं. २ मा जग्दीश्वोर प्रति जनलहर : सरलता, सादगी र सेवाभावकै कारण जित सुनिश्चित  !

नुवाकोट । नुवाकोट जिल्लाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि युवा नेता तथा पूर्व सभापति जग्दीश्वोर नर्सिङ केसी चुनावी मैदानमा उत्रिनु भएको छ।

जीवनको ठूलो हिस्सा राजनीतिमा समर्पण गर्नुभएका नेता केसी केवल एक राजनीतिक व्यक्ति मात्र होइनन्, नुवाकोटे जनताका लागि परिवारकै सदस्यजस्तै बनेका छन्। उहाँको सरलता, सादगी र निस्वार्थ सेवाभावले आज नुवाकोटमा एक फरक किसिमको राजनीतिक विश्वास र भावनात्मक सम्बन्ध निर्माण गरेको छ।

चार पटकसम्म जिल्लाको नेतृत्व सम्हालिसक्नुभएका नेता केसी पद र प्रतिष्ठाभन्दा जनताको पीडालाई प्राथमिकतामा राख्ने नेताका रूपमा चिनिनुहुन्छ। उहाँका लागि राजनीति भाषण र नारामा सीमित छैन, बरु जनताको घरदैलो, आँगन र भान्सासम्म पुगेर सुख–दुःख साट्नु नै राजनीति हो। यही कारणले गर्दा नुवाकोटका गाउँ–टोलमा आज पनि कोही बिरामी पर्दा, परिवारमा दुःखद घटना घट्दा वा कुनै शुभकार्य पर्दा सबैभन्दा पहिले सम्झिने नाम जग्दीश्वोर नर्सिङ केसी नै हुन्छ।

जनताप्रतिको उहाँको अपनत्व औपचारिक होइन, आत्मीय र भावनात्मक छ। आफ्नो परिवारलाई जसरी सम्झनुहुन्छ, जनतालाई पनि त्यसरी नै महसुस गर्नु उहाँको राजनीतिक चरित्र बनेको छ। यही व्यवहारका कारण नुवाकोटे जनताले नेता केसीलाई केवल नेता होइन, दुःख–सुखको साँचो सारथीका रूपमा स्वीकार गरेका छन्।

नेता केसीको अर्को महत्वपूर्ण विशेषता भनेको सबैसँग समान व्यवहार हो। उहाँ आफ्नो पार्टीका कार्यकर्तासँग मात्र सीमित हुनुहुन्न, अन्य दलका कार्यकर्ताहरू र सर्वसाधारण जनतासँग समेत उस्तै सम्मान, सरलता र भाइचाराको सम्बन्ध कायम राख्नुहुन्छ। यही कारणले आज नुवाकोटका हरेक घर, हरेक बस्ती र हरेक मनमा नेता केसीप्रति सकारात्मक धारणा बनिसकेको छ।

घरदैलो अभियानका क्रममा देखिएको स्वतःस्फूर्त जनसहभागिता र उत्साहले पनि यो विश्वासलाई थप बलियो बनाएको छ। बुढाबुढी, आमाबुबा, युवा पुस्ता सबै वर्गले “हाम्रो नेता” भनेर गर्वका साथ नेता केसीलाई अघि सारिरहेका छन्। सजिलै भेट्न सकिने, खुलेर कुरा गर्न सकिने र समस्यामा साथ पाउने नेता भएकै कारण जनताले उहाँप्रति गहिरो भरोसा व्यक्त गरेका छन्।

गाउँ–टोल र बस्तीहरूमा स्वतःस्फूर्त रूपमा उठ्ने जयजयकार, घर–घरबाट देखिने समर्थन र दिन–रात खटिरहेका समर्थकहरूले नेता केसीको विजय अब औपचारिकतामात्र बाँकी रहेको अनुभूति गराउँछ। नुवाकोटको समग्र विकास, समृद्धि र उज्ज्वल भविष्यका लागि जग्दीश्वोर नर्सिङ केसीको जित अनिवार्य रहेको जनाउँदै क्षेत्र नं. २ का जनताहरू उहाँको पक्षमा एकताबद्ध भएर मैदानमा उत्रिएका छन्।
 

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update