News 24 Television
बाइकको साइलेन्सर बिगार्ने फन्दामा, प्रहरी शुरु ग¥यो कारबाही, स्थानीय दंग

सुनसरी । रातको समयमा बाईकको साइलेन्सर परिवर्तन गरि आवाज पड्काउदै गुड्ने मोटर साइकलहरु कोशी प्रदेश ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ । बजार क्षेत्रबाट स्थानीयको व्यापक जनगुनासो आएपछि अहिले ट्राफिक प्रहरीले यस्ता बाईकहरु नियन्त्रणमा लिन थालेको हो । 

गोली पड्के जसरी आवाज निकाल्दै गुड्ने बाईकको यो दृश्य हो सुनसरीस्थित इटहरीको मुख्य बजारको । यसरी चर्काे आवाज निकाल्दै गुड्ने बाईकहरुका कारण इटहरीका बजार क्षेत्रका स्थानीय लामो समयदेखि आजित छन् । मध्यरातमा चर्काे र ठुलो आवाज निकाल्दै गुडेका बाईकका कारण स्थानीयहरु रातमा राम्रोसँग निदाउन सकेका थिएनन् । 

उचछृंखल युवाहरुको यस्तो आतंकका कारण सुनसरीको इटहरी र धरानका बजार क्षेत्रमा बृद्धबृद्धा, बिरामी तथा बालबालिका आतंकित बन्दै आइरहेका छन् । बजार क्षेत्रबाट स्थानीयको व्यापक जनगुनासो आएसंगै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले रातको समयमा साइलेन्सर पड्काउदै हिड्ने १० वटा बाईकलाइ नियन्त्रणमा लिएको छ । 

यी बाईकहरु इटहरी र धरानका बजार क्षेत्रबाट नियन्त्रणमा लिइएका हुन् । सादा पोसाकका ट्राफिक प्रहरी नै परिचालन गरेर बाईकका चालकलाई समेत नियन्त्रणमा लिई कारबाही थालिएको छ । 

बिशेषगरि रोयल इन्फििल्ड मोडलका बुलेट बाईकहरुको कम्पनीमार्फत आउने साइलेन्सर निकालेर मोडिफाइ गरिएका साइलेन्सर जडान गरि चर्काे आवाज निकाल्ने गरिन्छ । 

रातको शान्त समयमा यसरी आवाज निकाल्दै बाईक गुड्दा अत्याधिक ध्वनी प्रदुर्षन हुने गरेको छ । यस्तै अहिले पड्किने खालको साइलेन्सरमा ‘इग्निसिङ’ सिस्टम बनाएर गोली पड्के जस्तो आवाज निकाल्दै उच्छृंखल युवाहरुले बाईक चलाउने गरेका छन् ।

यसरी मोडिफाई गरि बजार क्षेत्रमा ध्वनी प्रदर्शन गर्ने २६३ वटा बाईकलाई पुस महिनासम्म नियन्त्रणमा लिइ कारबाही गरिएको र अहिले थप १० वटा बाईक नियन्त्रणमा लिइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । 

रातको समयमा आतंक श्रृजना गर्ने यस्ता बाईक नियन्त्रणमा लिने अभियान ट्राफिक प्रहरीले शुरु गरेपछि बजार क्षेत्रका स्थानीयले केही राहत महसुस गरेका छन् । 

बाईकको आवाजले घरमा भएका बिरामी, बृद्धबृद्धा तथा बालबालिकाहरुले धेरै सास्ती भोग्दै आएको स्थानीय बताउँछन् । ट्राफिक प्रहरीले यसरी आवाज निकाल्ने सबारी साधानलाई नियन्त्रणमा लिने र कारबाही गर्ने काम निरन्तर गर्नु पर्ने स्थानीयको माग छ । 

ध्वनी प्रदुर्शन गर्ने यस्ता बाईकहरुलाई ट्राफिक प्रहरी इटहरीले जरिवाना गर्नुको साथै साइलेन्सर परिवर्तन गर्न लगाउने र चालकलाई अभिभावकसँगै राखेर ट्राफिक सचेतना कक्षा गराएर मात्र छाड्ने गरेको छ । यस्ता बाईक चलाउनेहरु प्राय कलेजमा पढ्ने जेनजी उमेरका युवा छन् । 

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update