News 24 Television
१२ वर्षको बिलम्बपछि पुगेको सडकले स्थानीय हर्षित, के पाउलान सुविधा ?

ओखलढुङगा । ओखलढुंगाको मानेभज्याङ गाउँपालिका–६ हर्कपुर हुँदै सुनकोशी गाउँपालिकाको तल्लो भेग जोड्ने गोरेटो बाटो अब मोटर गुड्ने सडकमा रूपान्तरण भएको छ । दशकौँदेखि स्थानीयको सपना बनेको मोलुङ–एकवार सडक अन्ततः यथार्थमा परिणत भएको हो ।

यो सँगै यस भेगको दैनिकीमा उल्लेख्य परिवर्तन देखिन थालेको छ । सडक सञ्चालनमा आएपछि यातायात पहुँच सहज बनेको छ भने स्वास्थ्य सेवा, व्यापार र आवतजावतमा नयाँ गति थपिएको छ । 

भर्खरै ट्रयाक खोलिएको ओखलढुंगाको मानेभन्ज्याङको तल्लो भेग जोड्ने यो सडकले सुनकोशी गाउँपालिकाका करिब ६ वटा वडाका नागरिकलाई प्रत्यक्ष लाभ पु¥याएको छ । 

मानेभज्याङ गाउँपालिकाको टोक्सेल र माधवपुर क्षेत्रका बासिन्दा सडक सञ्चालनमा आएपछि लाभान्वित भएका छन । यसैगरी सदरमुकामको पश्चिमी भेगका नागरिकका लागि समेत आवतजावत सहज भएको छ । 

सडक सञ्चालनमा आएपछि काठमाडौँ तथा तराईका जिल्लामा पुग्ने दूरी करिब २१ किलोमिटर छोटिएको छ । यसले यात्राको समय र खर्च दुवै घटाएको छ भने स्थानीयका लागि दैनिक जीवन सहज बन्दै गएको छ । कृषि तथा स्थानीय उत्पादनलाई शहर बजारसम्म पु¥याउन र स्वास्थ्य सेवा लिन पनि अब लामो घुमाउरो बाटोको बाध्यता हटेको छ । 

हर्कपुरदेखि लिपेदोभानसम्म करिब २१ किलोमिटर लामो यो सडक करिब १२ वर्षअघि नै निर्माण हुनुपर्ने थियो । तर विभिन्न कारणले अलपत्र परेपछि २०७९ सालमा मात्रै ठेक्का लागेर काम अघि बढेको हो । 

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत संघीय सरकारको झन्डै २६ करोड रुपैयाँ लगानीमा सडकको ट्रयाक खोल्ने लगायतका काम गरिएको छ । 

ट्र्याक खुलेसँगै स्थानीयवासीमा उत्साह देखिएको छ । तर सडकलाई पूर्ण रूपमा सञ्चालनका लागि स्तरोन्नति गरि वर्षैभरि चल्ने बनाउनुपर्ने उनीहरूको माग छ । 

सडकको ट्«्याक खोलेसंगै खुशी भएका स्थानीय बाटो सहज रुपमा सञ्चालन कहिले होला भन्नेमा सचेत पहलको अपेक्षा गरिरहेका छन् । तर, के बाटोसंगै स्थानीयको जनजीवन फेरिने स्थिति बन्ला ? यातायातको सहजतासंगै स्थानीय उत्पादनले बजारीकरणमा वर्षैभरी सहजता पाउलान ? सर्वसाधारणले चासो राख्न थालेका छन् । 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update